• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi covid-19 प्युठान अखिल (क्रान्तिकारी)

माओवादी केन्द्र बाँसगढी नगरको तेस्रो अधिवेशन सम्पन्न अध्यक्षमा के सी निर्वाचित


  •    सूचना डबली संवाददाता / २०८१, १७ पुष बुधबार प्रकाशीत

  • Advertisement

    बर्दिया, पौष १७ । नेकपा (माओवादी केन्द्र) बाँसगढी नगर समितिको तेस्रो अधिवेशनबाट भिम केसि (अभिष्ट) को नेतृत्वमा ४९ सदस्यीय नगर कमिटी निर्वाचित भएको छ ।

    माओवादी केन्द्रको बाँसगढी नगर समितिको यहि पौष १३ गतेबाट शुरु भएको अधिवेशनबाट अध्यक्षमा भिम केसि निर्वाचित भएका हुन् ।

    पौष १३ बाँसगढी बहुमुखी क्याम्पस प्राङ्गणमा उद्घाटन शत्र सम्पन्न गरि कमिटी निर्वाचन लगाएत विभिन्न प्रतिवेदन र आगामी योजनाबारे छलफलका लागि शुरु भएको बन्द शत्र आज पाँचौ दिन ७ सदस्यीय पदाधिकारी सहित १० जना सदस्य पछि थप्ने गरि ५५ सदस्यीय नगर कमिटी निर्वाचित भएको छ ।

    निर्वाचित नगर समितिको अध्यक्षमा भिम बहादुर खत्री निर्वाचन प्रकृयाबाट प्रतिद्वन्द्वी अध्यक्ष पदका अर्का उम्मेदवार रेशम अधिकारीको भन्दा २ मतको अग्रता सहित २३ मत सहित निर्वाचित भएका छन् ।

    त्यस्तै नगर कमिटीको खुला उपाध्यक्ष पदमा प्रतिद्वन्द्वी नारायण थापालाई ९ मतान्तरले पछि पार्दै जयराज पाण्डे २६ मत सहित निर्वाचित भएका छन् ।

    त्यस्तै महिला उपाध्यक्षमा सीता क्षेत्री र जनजाति उपाध्यक्षमा रजमान चौधरी सर्वसम्मत ढंगवाट निर्वाचित भएका छन भने सचिवमा बिष्णु कुमार राना प्रतिद्वन्द्वी रामचन्द्र थारु भन्दा १ मतान्तर सहित २२ मत लिदै निर्वाचित भएका छन्  ।

    त्यस्तै सहसचिव पदमा दसरथ थारु सर्वसम्मत ढंगबाट निर्वाचित भएका छन भने कोषाध्यक्ष पदमा गणेश बिक सहमति प्रकृयाबाट निर्वाचित भएको नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य लोकराज जैसी (लोकेश) ले जानकारी दिए ।

    नेपाल सरकारका पूर्व गृह, अर्थ, उर्जा मन्त्री समेत रहनुभएका माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मा (प्रभाकर) को प्रमुख आतिथ्यतामा शुरु भएको अधिवेशन सम्पन्न गर्न माओवादी केन्द्रका केन्द्रीय सदस्य लोकराज जैसी (लोकेश) को नेतृत्वमा जिल्ला सचिव लक्ष्मीप्रसाद शर्मा (आकाश), बाँसगढी नगर ईन्चार्ज भुमि बिक लगाएतका नेताहरु खटिएका थिए ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण
    जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा
    धनुषामा गोली हानेर वडाध्यक्षको हत्या
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.