• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi covid-19 प्युठान अखिल (क्रान्तिकारी)

प्यूठान नगरपालिकाले नयाँ शैक्षिक सत्र देखि स्थानीय पाठ्यक्रम लागुगर्ने


  •    सूचना डबली संवाददाता / २०८१, ९ चैत्र आईतवार प्रकाशीत

  • Advertisement

    प्यूठान, चैत्र १० । प्यूठान नगरपालिका प्यूठानले नयाँ शैक्षिक सत्र २०८२ देखि स्थानिय पाठ्यक्रम लागु गर्ने भएको छ।

    नगरपालिकाले नगर क्षेत्र भित्रका १ देखि ८ कक्षासम्मका विद्यार्थीहरुलाई ‘स्थानिय पाठ्यक्रम हाम्रो प्यूठान नगरपालिका’ नामक पाठ्यक्रम पढाउने भएको हो।

    नगरपालिकाको आयोजनामा शनिवार स्थानिय पाठ्यक्रमको प्रारम्भिक मस्यौदा उपर सुझाव संकलन कार्यक्रम गरेको छ । नगर क्षेत्र भित्रका शैक्षिक सरोकार राख्ने व्यक्तित्व, पूर्व शिक्षक लगायतका शिक्षाप्रेमी जनसमुदायहरुको उपस्थिति रहेको थियो ।

    पाठ्यक्रममा प्यूठान नगरपालिका भित्रको भौगोलिक अवस्था, जातजाति विशेष चार्डपर्व तथा पोशाकहरु, ऐतिहासिक स्थलहरु, धार्मिक तथा पर्यटकीय स्थलहरु लगायतका महत्वपूर्ण विषयहरु समेटेर स्थानिय पाठ्यक्रम हाम्रो प्यूठान नगरपालिका प्रकाशनमा ल्याउन थालिएको प्यूठान नगरपालिकाका नगर प्रमुख विष्णु योगीले बताए ।

    नगरपालिका भित्रका बालबालिकालाई विशेष गरी स्थानिय सरकारको महत्व र स्थानिय पहिचान बारे बुझाउनको लागि विद्यालयहरुमा नयाँ शैक्षिक सत्र २०८२ देखि स्थानिय पाठ्यक्रम पढाउन थालिएको उनको भनाइ छ ।

    पाठ्यक्रमको मस्यौदा तयार भइसकेको र सुझाव संकलनको प्रक्रियामा रहेका प्यूठान नगरपािलकाका शिक्षा शाखा प्रमुख वासदेव पण्डितले बताए । ‘१५ दिन भित्र सुझावहरु समेटेर फाइनल पाठ्यक्रम तयार गरी छपाइमा लैजाने छौ ।’ शिक्षा शाखा प्रमुख पण्डितले भने–‘सबै विद्यालयमा पाठ्यक्रम पु¥याएर शिक्षकहरुलाई तालिम दिएर पठपाठन सुरुवात गरिनेछ ।’ यस शैक्षिक सत्रमा विद्यालय र शिक्षकहरुलाई मात्र पाठ्यपुस्तक उपलब्ध गराउने भएता पनि आगामी आर्थिक वर्ष देखि विद्यार्थीहरुलाई पनि पाठ्यपुस्तक उपलब्ध गराइने उनले बताए ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै
    प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण
    जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.