प्युठान । सुनको मूल्य ह्वात्तै बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सूनको मूल्य ५ हजार ७०० रुपैयाँले बढेको हो।
महासंघले जारी गरेको मूल्यसूची अनुसार सुनको प्रतितोला मूल्य १ लाख ८१ हजार १०० रुपैयाँ पुगेको छ । चैत महिनामा गत २१ गते सुनको मूल्यले नयाँ रेकर्ड कायम गर्दै प्रतितोला १ लाख ८० हजार ३ सय रुपैयाँ पुगेको थियो । आज सूनको मूल्यले सो रेकर्ड नयाँ रेकर्ड बनाएको हो ।
यस्तै, बिहीबार चाँदी प्रतितोला १ हजार ९ सय रुपैयाँ पुगेको छ ।







