प्यूठान। राप्रपा नेपालका अध्यक्ष कमल थापाले ६५ वर्ष उमेर समूहको सिंगल र डबल्स दुवैतर्फको टेनिस उपाधि जितेका छन्।
काठमाडौंको मण्डिखाटारमा सम्पन्न “AMATEUR TENNIS TOURNAMENT-2025” मा थापाले ६५ वर्ष उमेर समूहको सिंगल्स र डबल्स दुवै उपाधि जितेका छन्।
सिंगल्स फाइनलमा थापाले कर्मा घलेलाई ६-०, ६-० ले हराएका थिए। डबल्समा थापाले झ्याम्पा डोन्डुपसँग मिलेर मनोज राणा र प्रकाशसिंह बोगटीको जोडीलाई ६-२, ६-३ ले पराजित गरे।
थापा लामो समयदेखि भेट्रान्सतर्फ आफ्नो उमेर समूहमा शीर्ष स्थानमा छन्।
