प्युठान । स्वर्गद्वारी एकेडेमीमा नयाँ वर्ष २०८२ को अवसरमा विद्यार्थी सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न गरिएको छ। कार्यक्रममा विभिन्न तहमा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूलाई सम्मान गरिएको हो।
एकेडेमीले २०८० सालको एस.ई.ई. परीक्षामा प्युठान जिल्लामा दोस्रो स्थान हासिल गर्ने मेधावी विद्यार्थी अभिषेक कालाथोकीलाई विशेष सम्मान प्रदान गरेको छ।
त्यस्तै, २०८१ सालको कक्षा ८ (आधारभूत तह) को नतिजामा नगर प्रथम बन्न सफल शिवानन्द पौडेल र द्वितीय स्थान हासिल गर्ने दीपक के.सी. लाई समेत सम्मान गरिएको छ। साथै आधारभूत तह उत्तीर्ण भएका सम्पूर्ण विद्यार्थीहरूलाई सम्मान गरिएको विद्यालयले जनाएको छ।
कार्यक्रमका प्रमुख अतिथि प्रेम भुसालले विद्यार्थीहरूको मेहनत र लगनशीलतालाई सराहना गर्दै यस्तो सम्मानले उनीहरूमा अझ ठूलो प्रेरणा जाग्ने विश्वास व्यक्त गरे। उनले शिक्षालाई जीवन परिवर्तन गर्ने प्रमुख आधारको रूपमा लिइन् र विद्यार्थीलाई निरन्तर लगनशील बन्न आग्रह गरे।
कार्यक्रमको अध्यक्षता विद्यालयका अध्यक्ष जीवन श्रेष्ठले गरेका थिए। उनले विद्यार्थीहरूको सफलताले विद्यालयको प्रतिष्ठा बढाएको भन्दै सबैलाई बधाई तथा शुभकामना दिएका थिए।
कार्यक्रम सञ्चालन दिलप्रसाद अधिकारीले गरेका थिए।
