• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi covid-19 प्युठान अखिल (क्रान्तिकारी)

एमसीसी घातक छ, सम्झाैता हेर्नुस आफै थाहा पाउनुहुनेछ: नेता भिम रावल


  •     / २०७६, ९ माघ बिहीबार प्रकाशीत

  • Advertisement

    सुचनाडबली सहकर्मी माघ ९,डोटी – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सुदूरपश्चिम इन्चार्ज भीम रावलले मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) संसद्बाट पास गरे घातक हुने बताउनु भएको छ ।
    दिपायल सिलगढी नगरपालिकाले बुधबार जिल्ला सदरमुकाम सिलगढीमा भ्रमण वर्ष २०२० को उपलक्ष्यमा आयोजना गरेको बृहत् सांस्कृतिक कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा नेता रावलले एमसीसी पास गरे देशलाई नै घाटा हुने बताउनु भयो ।
    उहाँले भन्नुभयो, ‘एमसीसीको सम्झौता पत्रमा उल्लेख भएका कुरा नपढिकन कैयाैँ नेताजीहरुले पास गरौँ भन्दै छन्, एकपटक सम्झाैता पढ्नुस्, सही वा गलत आजै छुट्टिने छ ।’ राष्ट्र र राष्ट्रियताका हितमा एमसीसी घातक भएको र पछिल्लो समय राष्ट्रिय चर्चाको विषय बनेकाले कुनै पनि हालतमा पास गर्न नहुने उहाँको तर्क छ ।
    नेता रावलले भन्नुभयो, ‘हामी नागरिकका सेवक हौँ, नागरिकको हित गर्नुपर्ने ठाउँमा किन अहित गर्ने ।’ एमसीसी संसद्बाट कुनै पनि हालतमा पास हुन नदिने र त्यसको विराेधमा चट्टान बन्ने नेता रावलले दाबी गर्नुभयो ।
    कार्यक्रमलाई सम्बोधन गर्दै नेता रावलले डोटी आफैमा सुन्दरताले भरिपूर्ण प्राकृतिक ठाउँ भएको र यहाँका विभिन्न धार्मिक तथा पर्यटकीय स्थलको प्रचारप्रसार गर्न सके पर्यटन विकासमा उल्लेख्य सहयोग पुग्ने बताउनु भयो ।
    उहाँले भन्नुभयो, ‘डोटीले धार्मिक मन्दिर शैलेश्वरी, बडीकेदार र सुदूरपश्चिमकै प्रमुख पर्यटकीय स्थल खप्तडको प्रचारप्रसार गर्न सके हजारौँ पर्यटक भित्र्याउन सक्छ, जस्ले यहाँको पर्यटन विकास आफै हुनेछ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण
    जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा
    मतदाता नामावली संकलन म्याद ५ दिन थपियो
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.