प्युठान। अब त्रिभुवन विश्वविद्यालय (टियू) अन्तर्गतको ट्रान्सक्रिप्ट र प्रोभिजनल सर्टिफिकेटका लागि सेवा लिन बल्खु धाउन आवश्यक नपर्ने भएको छ। विद्यार्थीहरू अब अनलाइनमार्फत नै आवेदन दिन सक्ने व्यवस्था गरिएको छ।
परीक्षा नियन्त्रक पुष्पराज जोशीका अनुसार सेवा आज बिहान ११ बजेदेखि सुचारु भएको छ। उनले अन्य सेवाहरू पनि क्रमशः अनलाइन प्रणालीमार्फत उपलब्ध गराइने जानकारी दिएका छन्।
उनका अनुसार, आगामी जेठ १५ गतेदेखि त्रिविपनिका बल्खुस्थित कार्यालयबाट दिइने सबै सेवा पूर्णरूपमा अनलाइनबाट सञ्चालन हुनेछ।
विद्यार्थीहरूले student.tuexam.edu.np मा लगइन गरी निर्देशनअनुसार फारम भरेर तोकिएको शुल्क भुक्तानी गरी आवेदन पेश गर्नुपर्नेछ।
