• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi covid-19 प्युठान अखिल (क्रान्तिकारी)

नारायणघाट–बुटवल सडकको पूर्वी खण्डमा साना पुल निर्माण सम्पन्न


  •    रासस  / २०८२, ३ बैशाख बुधबार प्रकाशीत

  • Advertisement

    नवलपरासी।  चार लेनमा विस्तार भइरहेकाे पूर्व–पश्चिम राजमार्गअन्तर्गत नारायणघाट–बुटवल सडकखण्डको पूर्वी भागमा निर्माण हुने सबै साना पुलहरू निर्माण सम्पन्न भएका छन्।

    गैँडाकोटदेखि दाउन्नेसम्मको खण्डमा निर्माण गरिएका २२ वटै साना पुलहरू निर्माण पूरा भएको नारायणघाट–बुटवल सडक योजना (पूर्वी खण्ड) का सूचना अधिकारी इन्जिनियर शिव खनालले जानकारी दिए। उनका अनुसार २५ मिटरभन्दा छोटा पुलहरूलाई ‘साना’ र २५ मिटरभन्दा लामालाई ‘ठूला’ पुलको रूपमा वर्गीकरण गरिएको हो।

    हाल यी साना पुलहरू तयार भए पनि राजमार्गबाट पुलतर्फ जाने पहुँच मार्ग निर्माण गर्न बाँकी रहेकाले गाडी सञ्चालन अझै सुरु गरिएको छैन। खनालका अनुसार आउँदो असारसम्म तीनवटा ठूला पुलहरू समेत निर्माण सम्पन्न हुने लक्ष्य छ।

    केही हप्ताअघि अत्यधिक भारवहन गरेका गाडीका कारण विनयी खोलाको पुरानो पुल भाँचिएपछि उक्त क्षेत्रमा नयाँ पुल निर्माणमा जनशक्ति केन्द्रीत गरिएको छ।

    चैत मसान्तसम्ममा यस सडक खण्डको समग्र निर्माण प्रगति ६३ प्रतिशत पुगेको छ। यो सडक विस्तारका लागि ग्लोबल टेन्डरमार्फत ठेक्का पाएको चिनियाँ कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन इञ्जिनियरिङ कर्पोरेशन लिमिटेडले २०७५ माघमा सरकारसँग सम्झौता गरेर चैत ८ गतेदेखि काम थालेको हो।

    प्रारम्भिक सम्झौताअनुसार ४२ महिनाभित्र (२०७९ साउनसम्म) निर्माण सक्ने लक्ष्य राखिएको थियो। तर निर्माण अवधि तेस्रो पटक बढाइएको म्यादअनुसार अब आउँदो असारमा सकिँदैछ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    धनुषामा गोली हानेर वडाध्यक्षको हत्या
    अर्घाखाँचीका भाटले गरे २४ वर्षको उमेरमा १७ पटक रक्तदान
    जेन-जी प्रदर्शनको क्रममा ज्यान गुमाउनेको संख्या ५१ पुग्याे
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.