• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi covid-19 प्युठान अखिल (क्रान्तिकारी)

युवा पलायन नियन्त्रणमा राज्यको भूमिका विषयक अन्तर्क्रिया सम्पन्न


  •    सूचना डबली संवाददाता / २०८२, ४ बैशाख बिहीबार प्रकाशीत

  • Advertisement

    रुपन्देही, वैशाख ४। युवा पलायन नियन्त्रणका लागि राज्यको भूमिकामाथि केन्द्रित अन्तर्क्रिया कार्यक्रम अनेरास्ववियू (क्रान्तिकारी) जिल्ला समिति रुपन्देही र YCL नेपाल जिल्ला समिति रुपन्देहीको संयुक्त आयोजनामा सम्पन्न भएको छ।

    कार्यक्रमको प्रमुख आतिथ्य नेकपा (माओवादी केन्द्र) का केन्द्रीय अध्यक्ष तथा गणतन्त्र नेपालका प्रथम प्रधानमन्त्री कमरेड पुष्पकमल दाहाल ‘प्रचण्ड’ रहेका थिए।

    कार्यक्रममा रुपन्देहीका विभिन्न क्याम्पसबाट सहभागी भएका विद्यार्थीहरूले राखेका प्रश्नहरूमा प्रचण्डले प्रत्यक्ष प्रतिक्रिया दिएका थिए। कार्यक्रममा बोल्दै पूर्व प्रधानमन्त्री प्रचण्डले अहिले देशबाट भइरहेको बौद्धिक तथा श्रमिक युवाको तीव्र पलायन गम्भीर चुनौती भएको उल्लेख गर्दै, “राज्यका शैक्षिक नीति नै परिवर्तन नगरी यो संकट समाधान हुँदैन,” भन्ने धारणा व्यक्त गरे। साथै, आफू नेतृत्वको तहबाट युवा पलायन नियन्त्रणका लागि विशेष पहल गर्ने प्रतिबद्धता पनि व्यक्त गरे।

    कार्यक्रममा पूर्व उपराष्ट्रपति नन्दकिशोर पुन, पूर्व सभामुख कृष्णबहादुर महरा, अग्नि सापकोटालगायत नेताहरूको विशेष उपस्थिति रहेको थियो।

    कार्यक्रमको अध्यक्षता YCL जिल्ला अध्यक्ष केसब कुँवरले गरेका थिए भने सञ्चालन अनेरास्ववियू (क्रान्तिकारी) जिल्ला अध्यक्ष टिकाराम आचार्यले गरेका थिए।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण
    जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा
    मतदाता नामावली संकलन म्याद ५ दिन थपियो
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.