रुपन्देही, वैशाख ४। युवा पलायन नियन्त्रणका लागि राज्यको भूमिकामाथि केन्द्रित अन्तर्क्रिया कार्यक्रम अनेरास्ववियू (क्रान्तिकारी) जिल्ला समिति रुपन्देही र YCL नेपाल जिल्ला समिति रुपन्देहीको संयुक्त आयोजनामा सम्पन्न भएको छ।
कार्यक्रमको प्रमुख आतिथ्य नेकपा (माओवादी केन्द्र) का केन्द्रीय अध्यक्ष तथा गणतन्त्र नेपालका प्रथम प्रधानमन्त्री कमरेड पुष्पकमल दाहाल ‘प्रचण्ड’ रहेका थिए।
कार्यक्रममा रुपन्देहीका विभिन्न क्याम्पसबाट सहभागी भएका विद्यार्थीहरूले राखेका प्रश्नहरूमा प्रचण्डले प्रत्यक्ष प्रतिक्रिया दिएका थिए। कार्यक्रममा बोल्दै पूर्व प्रधानमन्त्री प्रचण्डले अहिले देशबाट भइरहेको बौद्धिक तथा श्रमिक युवाको तीव्र पलायन गम्भीर चुनौती भएको उल्लेख गर्दै, “राज्यका शैक्षिक नीति नै परिवर्तन नगरी यो संकट समाधान हुँदैन,” भन्ने धारणा व्यक्त गरे। साथै, आफू नेतृत्वको तहबाट युवा पलायन नियन्त्रणका लागि विशेष पहल गर्ने प्रतिबद्धता पनि व्यक्त गरे।
कार्यक्रममा पूर्व उपराष्ट्रपति नन्दकिशोर पुन, पूर्व सभामुख कृष्णबहादुर महरा, अग्नि सापकोटालगायत नेताहरूको विशेष उपस्थिति रहेको थियो।
कार्यक्रमको अध्यक्षता YCL जिल्ला अध्यक्ष केसब कुँवरले गरेका थिए भने सञ्चालन अनेरास्ववियू (क्रान्तिकारी) जिल्ला अध्यक्ष टिकाराम आचार्यले गरेका थिए।
