• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi प्युठान covid-19 अखिल (क्रान्तिकारी)

हिलो र चिप्लोका कारण नारायणगढ–बुटवल सडक खण्ड अवरुद्ध


  •    रासस / २०८२, ४ बैशाख बिहीबार प्रकाशीत

  • Advertisement

    मध्यविन्दु, वैशाख ४ । दाउन्ने क्षेत्रको बाटो हिलो र चिप्लो भएका कारण नारायणगढ–बुटवल सडक खण्ड अवरुद्ध भएको छ ।

    आज भएको वर्षाको कारण दाउन्नेमा क्षेत्रमा सवारी साधनहरू आवतजावत गर्न कठिनाइ भएपछि अहिले यो राजमार्गमा सवारी सञ्चालन गर्न समस्या भएको हो ।

    नवलपरासी (बर्दघाट–सुस्ता पूर्व) को विनयी त्रिवेणी गाउँपालिका–२ दाउन्नेमा वर्षाको कारणले सडकमा हिलो भएकाले गाडीहरू उकालो र ओरालोमा चिप्लिएर सञ्चालनमा समस्या भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पूर्व) का प्रहरी उपरीक्षक यादव ढकालले बताए ।

    अहिले दाउन्ने क्षेत्रमा सयौँ सवारीहरू जाममा परेका छन् । हिलोमा गाडी फसेकाले सडक अवरुद्ध भएको हुँदा जे सिभिले तानेर सवारी सञ्चालन गरिरहेको प्रहरी उपरीक्षक ढकालले जानकारी दिए ।

    राति ११ बजेदेखि बिहान ५ बजेसम्म दाउन्ने सडक बन्द गरेर विस्तारको काम गर्ने गरिए पनि आज दिउँसोदेखिको जामले सयौँ सवारीबीच सडकमा रहेकाले विस्तारको काम समेत रोकिने भएको छ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण
    जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा
    मतदाता नामावली संकलन म्याद ५ दिन थपियो
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.