बुटवल । अनेरास्ववियू (क्रान्तिकारी) रुपन्देही जिल्ला समितिको आयोजनामा स्वतन्त्र विद्यार्थी यूनियन निर्वाचनमा विजयी प्रतिनिधिहरू, निर्वाचन समिति तथा २०८२ सालको भित्तेपात्रो बिमोचन कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।
कार्यक्रम टिकाराम आचार्यको अध्यक्षता तथा नेकपा (माओवादी केन्द्र) का केन्द्रिय सदस्य बामदेब क्षेत्रीको प्रमुख आतिथ्यतामा सप्पन्न भएको हो।
कार्यक्रममा त्रिभुवन विश्वविद्यालय अन्तर्गतका क्याम्पसहरूमा निर्वाचित पदाधिकारीहरू, २३औं जिल्ला सम्मेलनको निर्वाचन समिति र ३२ वर्ष उमेरहदसम्बन्धी निर्वाचन समितिका सदस्यहरूलाई सम्मान गरिएको थियो। साथै, २०८२ सालको भित्तेपात्रो पनि सार्वजनिक गरिएको छ।
पुर्व जिल्ला अध्यक्ष लेखनाथ न्यौपाने, कपिल चापागाई लगायतका विद्यार्थी नेताको उपस्थिति रहेको थियो।
कार्यक्रममा स्वागत मन्तव्य हिमाल खनालले राखेका थिए भने सञ्चालन मधुसूदन गाहाले गरेका थिए।
