• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • अर्थ/बाणिज्य
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • अर्थ/बाणिज्य
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

        football खेलकुद cricket koche nepal.com power news covid-19 sports messi ट्रेक sandeep nepal

धनकुटाका युबालाई खाेज्दै मलेसियाबाट अाइन् मलेसियन प्रेमिका


  •     / २०७५, ५ मंसिर बुधबार ०५:५३ प्रकाशीत

  • Advertisement
    Advertisement
    Advertisement

    धनकुटा । धनकुटाको छ थरजोरपाटी गाउँपालिका–२ हात्तीखर्कका गङ्गाबहादुर सुनवार (प्रकाश) लाई यतिबेला निक्कै अप्ठ्यारो परेको छ । पाँच वर्ष पहिले रोजगारीको क्रममा मलेसिया जाँदा मलेसियाको सारबाक शहरकी स्थानीय युवतीसँग प्रेम भएपछि सँगै बसेका थिए । तीनै युवती छोरी जन्मिएको भन्दै नेपाल आएपछि छथरजोरपाटीका गङ्गाबहादुर सुनुवारलाई अहिले अप्ठ्यारो परिस्थिति आइलागेको छ ।

    मलेसियामा ५वर्षसम्म रहँदा सारबाक शहरकी ‘पोली आनाक गान्धी’ नाम गरेकी मलेसियन युवतीसँगै बसेको र काम पनि सँगै गरेको गङ्गाबहादुरले टेलिफोन मार्फत् बताएका छन् । एउटै कम्पनीमा काम गर्ने र सँगै बस्ने क्रममा ती युवतीसँग गङ्गाबहादुरको गर्भ रहेको बताइएको छ । ती युवती गर्भवती भएपछि गङ्गाबहादुर नेपाल गएर आउँछु भन्दै नेपाल (घर) आएको तर पछि मलेसिया नगएपछि गान्धी गङ्गाबहादुरलाई खोज्दै एक वर्ष अघि धनकुटा आएको बताइन् । अहिले गङ्गाबहादुरको २ वर्षकी छोरी मलेसियामा रहेको गान्धीले बताएकी छन् ।

    गान्धीले आफ्नो श्रीमान गङ्गाबहादुरले आफूलाई गर्भवती छोडेर सन् २०१६ को नोभेम्भरमा नेपाल आएको तर नफर्किएको बताइन् । गान्धीले गङ्गाबहादुरलाई मलेसिया फर्काउन ९२ हजार पैसा पनि पठाएको तर उल्टै कान्छी श्रीमती ल्याएर घरमै बसेकाले आफू २ वर्षको छोरी छाडेर आएको बताइन् । सन् २०१७ को जुनमा ३ महिने टुरिष्ट भिषामा नेपाल आएकी गान्धीले गङ्गाबहादुरको घर आउन निक्कै कष्ट झेल्नु परेको सुनाइन् ।

    काठमाडौंको एअरपोर्टमा लिन आउँछु भनेका गङ्गाबहादुर ३ दिनसम्म लिन नआएपछि प्रहरीको सहयोग लिनु परेको गान्धीले बताइन् । प्रहरीलाई खबर गरेपछि गङ्गाबहादुरले आफन्तमार्फत् गान्धीलाई लिन काठमाडौं पुगेर धनकुटा ल्याएका थिए । मलेसियाबाट आफूलाई खोज्दै गान्धी घरैसम्म आइपुगेपछि गङ्गाबहादुरलाई झन आप्ठ्यारो परेको थियो । यता गङ्गाबहादुरले नेपाल आउने बित्तिकै इलामको कुटीडाँडाबाट विवाह गरेका थिए । गान्धी आउँदा यता गङ्गाबहादुरको एक छोरी भैसकेकी थिइन् ।

    मलेसियाबाट श्रीमती गान्धी आएपछि गङ्गाबहादुरले मलेसियाको जस्तै वातावरणमा २ जना श्रीमतीलाई राख्न नसके पनि दुःखसुख गरेर केही महिनासँगै बसेका थिए । गान्धीले नेपाल बसाइको १ वर्ष गङ्गाबहादुरलाई मलेसिया लिएर जान अनेक प्रयत्न गरे तर आर्थिक अभावको कारण नसकेको बताइन् । गङ्गाबहादुरले पनि गान्धीले भनेअनुसार मलेसिया जान तयार नभएपछि अहिले समस्या भएको छ ।

    केही गर्दा गङ्गाबहादुर मलेसिया नजाने भएपछि गान्धी भने जसरी भए पनि मलेसिया जाने भएकी छन् । तर मलेसिया जान गङ्गाबहादुरले आवश्यक पर्ने खर्च नजुटाइदिएको भन्दै गान्धीले छथरजोरपाटी गाउँपालिकामा शुक्रबार उजुरी दिएकी छन् । उजुरीमा उनले आफूलाई अध्यागमन विभागमा भिषाको म्याद थप गर्न र मलेसिया जान प्लेन भाडा लगायतको खर्च माग गरेकी छन् । पछिल्लो समय आफूलाई गङ्गाबहादुरले खान लाउन समेत नदिएको खाली काममात्र लाउने गरेको दुखेसो गान्धीले पोखेकी छन् । यता छथरजोरपाटी गाउँपालिकाले मलेसियन महिलासँग काम बिगारेर नेपाल भागेर आउने गङ्गाबहादुरलाई कार्यलयमा झिकाएर छलफल गरिएको गाउँ प्रमुख शेरबहादुर लिम्बूले बताए । लिम्बूले गङ्गाबहादुरलाई महिलालाई आवश्यक पर्ने सम्पूर्ण खर्च जुटाई दिन आग्रह गरेको बताए ।

    तर गङ्गाबहादुरसँग आर्थिक अवस्था कमजोर भएकाले पैसाको अभावले गर्दा समस्या भएको लिम्बूले बताएका छन् । अहिले ती मलेसियन महिला हिलेस्थित् सुरेन्द्र खड्काको होटलमा बसिरहेकी छन् । सुरेन्द्र खड्काको श्रीमती माई खड्का पनि फिलिपिनी महिला भएकाले उनको संरक्षणमा केही दिनको लागि राखिएको प्रमुख लिम्बूले बताए । जसरी भए पनि मानवीय हिसाबले पनि गङ्गाबहादुरलाई आवश्यक प्रबन्ध मिलाउन आग्रह गरिएको प्रमुख लिम्बूले जानकारी दिए । ती फिलिपिनी महिला पनि १० वर्ष पहिले भोजपुर जरायोटारका सुरेन्द्र खड्कासँग कत्तारमा भेट भएपछि विवाह गरी नेपाल आएका थिए ।

    नेपाल आएपछि फिलिपिनी महिला माई खड्का र जरायोटारका सुरेन्द्र खड्का हिलेमा घरजम गरेर होटल सञ्चालन गरेर बसिरहेका छन् । हाल उनीहरूको एक छोरा र एक छोरी रहेको माई खड्काले बताइन् । माईले भन्नि ‘कसरी मेरो शरणमा यी मलेसियन महिला आइन थाहा भएन अहिले मैले सेवा दिइरहेको छु, तर जहिले–तहिले यसरी सक्दिन चाँडै समस्याको सामाधान होस् भन्ने चाहन्छु ।’ माईले विदेश गएर अर्काको छोरी चेलीलाई यसरी विजोग पार्न नहुने बताइन् । जसरी भए पनि गङ्गाबहादुरले आवश्यक पैसा खोजेर मलेसिया पठाउने वातवरण तयार पारी दिन आग्रहसमेत गरेकी छन् ।

    मलेसियन महिलाको विषयमा ब्लाष्टले टेलिफोन मार्फत गङ्गाबहादुरलाई सम्पर्क गर्दा मलेसियाबाट धनकुटा आएकी गान्धी आफ्नो श्रीमती भएको स्वीकारेका छन् । उनले मलेसियामा बस्दा विवाह गरेको बताए । ‘म नेपाल आएपछि जान सकिनँ, आफैँ आएछ, यही बस भन्दा मान्दिन ।’ गङ्गाबहादुरले भने, ‘अहिले जान्छु भन्छ, मसँग पैसा छैन, के गर्ने, त्यै पनि कोसिस गर्दैछु, पैसा कमाएछु भने पठाउँछु ।’

    न्यू संसारबाट

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    गौरादह नगरपालिकामा एमाले विजयी
    भिमदत्त नगरपालिकामा कांग्रेस उम्मेद्वार विजयी
    पोखरामा आचार्यलाई तीन हजार ८५३ मतान्तरको अग्रता
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. गौरादह नगरपालिकामा एमाले विजयी

    • २. भिमदत्त नगरपालिकामा कांग्रेस उम्मेद्वार विजयी

    • ३. पोखरामा आचार्यलाई तीन हजार ८५३ मतान्तरको अग्रता

    • ४. भरतपुर महानगरमा विजयभन्दा रेनु झण्डै १० हजार मतान्तरले अगाडि

    • ५. बालेन साहलाई ४३ हजारभन्दा धेरै मत

    धेरै पढिएको
    • १. लिटरमै १० रुपैयाँ बढ्यो पेट्रोल, डिजेल र मट्टितेलको मूल्य

    • २. नेकपा एसलाई धोका !

    • ३. गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा हवाई कम्पनीको चासो

    • ४. नेपालसँगको टी–२० क्रिकेट शृङ्खला युगान्डालाई

    • ५. भरतपुर महानगरमा विजयभन्दा रेनु झण्डै १० हजार मतान्तरले अगाडि

    हाम्रो बारेमा

    सुचना विभाग दर्ता : १६८४/०७६-७७

    अध्यक्ष : शिशिर के सी

    सम्पादक : किशोर पुन मगर

    संवाददाता : रिखिराम जि सी

    सम्पर्क

    कामपा २९ अनामनगर
    सम्पर्क ९८६८६१९८८४
    ई-मेल :suchanadabalimedia@gmail.com

    हामीसङ जोडीनुहोस्

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nTech.