प्युठान । प्रतिनिधिसभाका सदस्य तथा नेकपा (माओवादी केन्द्र) का प्रभावशाली नेता माधव सापकोटा ‘सुबोध’ आगामी वैशाख ३० गते प्यूठान आउँदै छन्।
नेता सापकोटा नेकपा माओवादी केन्द्रको सहायक संगठन योङ कम्युनिस्ट लिग नेपाल (वाईसिएल) प्यूठानको पाचौँ जिल्ला सम्मेलनमा प्रमुख अतिथि भएर सहभागी हुन लागेका हुन्।
सम्मेलनबारे जानकारी दिँदै वाईसिएल प्यूठानका संयोजक मोहन परियारले सो दिन विजुवार बजारमा बाजासहित भव्य र्यालीको आयोजना गरिने जानकारी दिए।
सोही अवसरमा संगठनको नयाँ जिल्ला नेतृत्व चयन प्रक्रिया पनि सम्पन्न गरिनेछ।
कार्यक्रममा माओवादी केन्द्रका नेता–कार्यकर्ता, भातृ तथा जनवर्गीय संगठनहरू, विद्यार्थी, प्रहरी प्रशासन, सञ्चारकर्मी तथा शुभेच्छुकहरूलाई उपस्थितिका लागि संयोजक परियारले आमन्त्रण गरेका छन्।
जिल्लास्तरीय यो सम्मेलन विजुवारस्थित होटेल आयुष्मा जुम्रीमा आयोजना गरिने जनाइएको छ।
पार्टीभित्र संगठन सुदृढीकरणको सन्देश दिइने सम्मेलनलाई स्थानीय राजनीतिक वृत्तले महत्वका साथ हेरिएको छ।







