प्युठान । लुम्बिनी प्रदेशसभाको बैठक यहि वैशाख ३१ गते दिउँसो १ बजेका लागि आह्वान गरिएको छ ।
प्रदेश सरकारको बुधवार बसेको मन्त्रिपरिषद्ले वैशाख ३१ गते प्रदेशसभाको छैटौं अधिवेशनको बैठक आह्वान गर्न सिफारिशगर्ने निर्णय गरेको थियो ।
सरकारको सिफारिसअनुसार प्रदेश प्रमुख कृष्णबहादुर घर्तीमगरले प्रदेशसभाको बैठक आह्वान गरेका हुन् ।







