प्युठान । स्वर्गद्वारी नगरपालिका–७, सोत्रे तापा स्थित श्री वेलवास माध्यामिक विद्यालयमा अध्ययनरत आर्थिक रूपले कमजोर तथा जेहन्दार विद्यार्थीहरूको शैक्षिक प्रगति तथा प्रेरणाका लागि अक्षयकोष स्थापना गरिएको छ।
विद्यालयका पूर्व विद्यार्थी श्री चेतन भुसालले हजुरआमा निमा देवी भुसालको नाममा रु. १,११,१११ (एक लाख एघार हजार एक सय एघार रुपैयाँ) को अक्षयकोष स्थापना गरेका हुन् ।
सोही अवसरमा विद्यालयमा आयोजित विशेष कार्यक्रममार्फत कोष हस्तान्तरण गरिएको थियो।
कार्यक्रममा जनप्रतिनिधि, शिक्षक, अभिभावक तथा स्थानीय अगुवा व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
विद्यालय प्रशासनका अनुसार उक्त कोषको ब्याजबाट हरेक वर्ष विपन्न विद्यार्थीहरूलाई पुरस्कार तथा शैक्षिक सामग्री वितरण गरिनेछ। साथै, यसले अध्ययनमा निरन्तरता र उत्कृष्टता कायम राख्न विद्यार्थीहरूलाई थप प्रेरणा दिने विश्वास लिइएको छ।







