रुपन्देही, जेठ ३१। अखिल (क्रान्तिकारी) रुपन्देही जिल्ला कार्यालय सदस्य तथा बुटवल बहुमुखी क्याम्पस समिति अध्यक्ष शिव बहादुर खवासकी आमाको उपचारको क्रममा २०८२ जेष्ठ २२ गते ५८ वर्षको उमेरमा निधन भएको थियो।
९ औं दिनको पुण्यतिथिमा गुल्मी जिल्ला धुर्कोटस्थित स्व. मोतिकला खवासको निवासमै पुगेर श्रद्धाञ्जली सभा सम्पन्न गरिएको हो।
कार्यक्रमको अध्यक्षता संगठनका रुपन्देही जिल्ला अध्यक्ष टिकाराम आचार्यले गरेका थिए भने प्रमुख आतिथ्यतामा अखिल (क्रान्तिकारी) का केन्द्रीय सचिवालय सदस्य मनिष ढकालले गरेका थिए।
कार्यक्रममा वक्ताहरूले मोतिकला खवासको निधनले संगठन स्तब्ध र शोकसन्तप्त भएको उल्लेख गर्दै, शिव बहादुर खवासले मात्र आमा गुमाउनु नभई संगठनले असल मार्गदर्शक तथा अभिभावक गुमाएको भाव व्यक्त गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गरे।
सभामा अखिल (क्रान्तिकारी) गुल्मीका पूर्व अध्यक्ष भरत चन्द, राजन पोख्रेल, त्रिभुवन बहुमुखी क्याम्पस पाल्पाका स्ववियु सभापति मिलन घर्ती, देबदह आदर्श क्याम्पसका स्ववियु सचिव रबिन न्यौपाने, केसव पौडेल, गगन रेस्मी, विज्ञान दुधराक्ष्य लगायतका विद्यार्थी नेताहरूको उपस्थिति रहेको थियो।
कार्यक्रमको सञ्चालन रुपन्देही जिल्ला उपाध्यक्ष हिमाल खनालले गरेका थिए।
