प्यूठान, असार १४ । स्वर्गद्वारी नगरपालिका–८ स्थित जनता माध्यमिक विद्यालय, बर्जिवाङका विद्यार्थी सुमन पोख्रेलले हालै सार्वजनिक भएको एसईई २०८१ को नतिजामा ३.९१ जिपिए हासिल गर्दै नगरभरिकै उत्कृष्ट नतिजा ल्याएका छन्।
विद्यालयले दिएको जानकारीअनुसार पोख्रेलले सबै विषयमा ए+ ल्याएर संस्थागत विद्यालयका विद्यार्थीहरूलाई समेत पछाडि पार्दै सामुदायिक तहमा एउटा ऐतिहासिक सफलता हात पारेका हुन्।
विद्यालयका प्रधानाध्यापकले भने, “सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीले यस्तो उत्कृष्ट प्रदर्शन गर्नु गौरवको विषय हो। यसले ग्रामीण क्षेत्रका विद्यालयहरूमा पनि शैक्षिक उत्कृष्टता सम्भव छ भन्ने प्रमाणित गरेको छ।”
यस वर्ष जनता मा.वि बाट नियमित तर्फ १८ जना तथा ग्रेडवृद्धि तर्फ ९ विद्यार्थी उत्तीर्ण भएको विद्यालयले जनाएको छ।
