• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi covid-19 प्युठान अखिल (क्रान्तिकारी)

प्युठान नगरपालिकाद्वारा दुई सामुदायिक विद्यालयलाई नगद पुरस्कार


  •    सूचना डबली संवाददाता / २०८२, २४ असार मंगलवार प्रकाशीत

  • Advertisement

    प्युठान। प्युठान नगरपालिकाले शैक्षिक सत्र २०८१/८२ मा उत्कृष्ट नतिजा ल्याएका दुई सामुदायिक विद्यालयलाई नगदसहित सम्मान गर्ने निर्णय गरेको छ ।

    नगर शिक्षा समितिको बैठकले एसईईमा नगरभित्र उत्कृष्ट स्थान हासिल गरेको शारदा माध्यमिक विद्यालय, सापडाँडालाई ३ लाख रुपियाँ र कक्षा ८ मा उत्कृष्ट नतिजा ल्याएको बालज्योति माध्यमिक विद्यालय, गेजवाङलाई २ लाख रुपियाँ पुरस्कार दिने निर्णय गरेको हो।

    नगरप्रवक्ता तथा वडा नं ३ का अध्यक्ष सुमनराज श्रेष्ठका अनुसार, सामुदायिक विद्यालयहरूलाई प्रोत्साहन गर्दै गुणस्तरीय शिक्षातर्फ उन्मुख गराउने उद्देश्यले यो कार्यक्रम ल्याइएको हो।

    ७४ वर्षअघि स्थापना भएको शारदा माविमा गत वर्षदेखि मात्रै कक्षा १० सम्म पढाइ सुरु गरिएको थियो। पहिलोपटक एसईईमा सहभागी भएका २३ मध्ये २१ जना उत्तीर्ण गराउँदै विद्यालयले ९१दशमलव ३० प्रतिशत सफलता हासिल गरेको हो।

    उक्त उपलब्धिले विद्यालयलाई नगरभित्र पहिलो र जिल्लाभर दोस्रो स्थानमा उभ्याएको छ।नगरपालिकाले आगामी दिनमा पनि यस्ता प्रोत्साहन कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    जेन-जी प्रदर्शनको क्रममा ज्यान गुमाउनेको संख्या ५१ पुग्याे
    बिसिआईका विद्यार्थीलाई असईमा सफलता, सम्मान कार्यक्रम सम्पन्न
    देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. जेनजी आन्दोलनमा ज्यान गुमाएकालाई शहीद घोषणा, मृतकका परिवारलाई १०/१० लाख रुपैयाँ दिइने

    • २. एसिया कपः आज भारत र पाकिस्तान भिड्दै

    • ३. ​सुमना श्रेष्ठले छाडिन् रास्वपा

    • ४. सुशिला कार्की बनिन् नेपालको पहिलो महिला प्रधानमन्त्री

    • ५. सुशीला कार्कीलाई अन्तरिम सरकार प्रमुख बनाउने सहमति, आजै शपथ

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.