• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi covid-19 प्युठान अखिल (क्रान्तिकारी)

नेपाल–भारत सीमा कार्यदलको सातौं बैठकबाट तीन वर्षे कार्ययोजना स्वीकृत


  •    रासस  / २०८२, १५ श्रावण बुधबार प्रकाशीत

  • Advertisement

    काठमाडौं। नेपाल–भारत सीमा कार्यदलको सातौं बैठकले सीमा क्षेत्र (दशगजा) मा गर्नुपर्ने आवश्यक प्राविधिक कार्यहरुको तीन वर्षे कार्ययोजना स्वीकृत गरेको छ ।

    भारतको नयाँ दिल्लीमा हिजो सम्पन्न बैठकले कार्ययोजना स्वीकृत गरेको हो । दुईपक्षीय बैठक हुन नसक्दा पछिल्लो ६ वर्षदेखि सीमा क्षेत्रमा गरिनुपर्ने प्राविधिक कार्यहरु रोकिएका थिए ।

    बैठकले नेपाल र भारत सीमा क्षेत्रमा रहेका सीमास्तम्भको निरीक्षण र मर्मतसम्भारका कामलाई अझै प्रभावकारी बनाउन सर्वेक्षण र नक्साङ्कनमा नयाँ प्रविधि अपनाउने सहमति जनाएको छ ।

    परराष्ट्र मन्त्रालयका अनुसार बैठकमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व नापी विभागका महानिर्देशक प्रकाश जोशीले गरेका थिए ।

    भारतीय प्रतिनिधिमण्डलको नेतृत्व त्यहाँको नापी विभागका महानिर्देशक हितेशकुमार एस मकवानाले गरेका थिए ।

    बैठकले सन् २०१९ मा देहरादूनमा भएको छैटौं बैठकको नतिजाको कार्यान्वयनको समीक्षा पनि गरेको छ ।

    बैठक विभिन्न सहमतिपत्रमा हस्ताक्षरसँगै समापन भएको र दुवै पक्षले नापी विभागका अधिकारी सम्मिलित समितिको अर्को बैठक आउँदो महिना नेपालमा आयोजना गर्ने निर्णय गरेको छ ।

    त्यस्तै, सीमा कार्यदलको अर्को बैठक दुवै देशलाई अनुकूल हुने मितिमा नेपालमा गर्ने सहमति जनाएका छन् । सीमा कार्यदल नेपाल र भारत सरकारद्वारा सन् २०१४ मा गठन भएको संयुक्त निकाय हो ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    जेनजी आन्दोलनमा ज्यान गुमाएकालाई शहीद घोषणा, मृतकका परिवारलाई १०/१० लाख रुपैयाँ दिइने
    एसिया कपः आज भारत र पाकिस्तान भिड्दै
    ​सुमना श्रेष्ठले छाडिन् रास्वपा
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. जेनजी आन्दोलनमा ज्यान गुमाएकालाई शहीद घोषणा, मृतकका परिवारलाई १०/१० लाख रुपैयाँ दिइने

    • २. एसिया कपः आज भारत र पाकिस्तान भिड्दै

    • ३. ​सुमना श्रेष्ठले छाडिन् रास्वपा

    • ४. सुशिला कार्की बनिन् नेपालको पहिलो महिला प्रधानमन्त्री

    • ५. सुशीला कार्कीलाई अन्तरिम सरकार प्रमुख बनाउने सहमति, आजै शपथ

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.