• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi covid-19 प्युठान अखिल (क्रान्तिकारी)

भोलि ‘खीर खाने दिन’ ८० लाख लिटर दूध खपत हुने अनुमान


  •    सूचना डबली संवाददाता / २०८२, १५ श्रावण बुधबार प्रकाशीत

  • Advertisement

    प्युठान । साउन १५ गते खीर खाने परम्परागत पर्वको अवसरमा देशभर झन्डै ८० लाख लिटर दूध खपत हुने अनुमान गरिएको छ।

    नेपाल डेरी एसोसिएसनका अनुसार यो दूध खपतसँगै करिब एक अर्ब ४० करोड रुपैयाँ बराबरको कारोबार हुने सम्भावना रहेको छ।

    एसोसिएसनका अध्यक्ष प्रह्लाद दाहालले उपभोक्ताको मागअनुसार बजारमा दूध सहज रूपमा उपलब्ध हुने जानकारी दिए । “दूध आपूर्तिमा कुनै कमी नहोस् भन्ने लक्ष्यसहित तयारी गरिएको छ,” उनले भने।

    नेपाल सरकारले २०७७ साल फागुनमा निर्णय गर्दै २०७८ सालदेखि साउन १५ गतेलाई ‘खीर खाने दिवस’ को रूपमा मनाउन थालेको हो। यो दिवस नेपाली मौलिक संस्कृति र कृषिसँग गहिरो रूपमा जोडिएको छ।

    परम्पराअनुसार असार-साउनको हिलोमा कठोर श्रम गरेका किसानहरूले साउन १५ मा विश्राम स्वरूप खीर खाने चलन रहिआएको छ। आधुनिक विज्ञानले पनि खीरले रोग प्रतिरोधात्मक क्षमता बढाउने प्रमाणित गरेको छ, जसले यो पर्वलाई स्वास्थ्यका दृष्टिले पनि महत्वपूर्ण बनाएको छ।

    डेरी एसोसिएसनले सन्देश जारी गर्दै साउन १५ मा परिवारका सदस्यहरू मिलेर खीर खाँदै किसानको उत्पादनको कदर गर्न र पारिवारिक एकता सुदृढ बनाउन आह्वान गरेको छ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण
    जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा
    धनुषामा गोली हानेर वडाध्यक्षको हत्या
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.