• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    बुटवल football खेलकुद cricket koche nepal.com power news covid-19 messi sports nepal sandeep

यी यी कारणले गर्दा राजधानी बुटबल हुने सम्भाबना


  •     / २०७६, ९ माघ बिहीबार प्रकाशीत

  • Advertisement
    Advertisement

    सुचनाडबलीकर्मी माघ ९ बुटवल ,प्रदेशको नामाकरण र राजधानी टुंगो लगाउन प्रदेश नं ५ प्रदेशसभा सचिवालयले गठन गरेको बिशेष समितीले आफ्नो प्रतिवेदन बुझाई सकेको छ । कानूनी रुपमा कुनै अर्थ नराखे पनि उक्त समितीको प्रतिवेदन माथी सर्बत्र चासो छ । समितीले प्रतिवेदन बुझाउने अघिल्लो दिन केही माननीयहरुले पत्रकारहरुसंग चुहाएको सुचनाले समितीका सदस्यहरु बिच मात्र होईन संसद सचिवालय र प्रदेश सरकारलाई समेत सतर्क बनाएको छ । उक्त समितीले राजधानी कहां र किन्न भन्ने प्रश्नको जवाफ भन्दा पनि सतहमा बिवाद र संसय श्रृजना गरेको छ । प्रदेश सरकार नागरीकलाई थकाउदा थकाउदा जे होस होस भन्ने भए पछि मात्र राजधानी तोक्ने दाउमा देखिन्छ ।
    २०७४ माघ ३ गते तत्कालिन सरकारले प्रदेश ५ को अस्थायी राजधानी बुटवललाई तोक्दै बांकी कार्य पुरा गर्ने जिम्मेवारी कानुनत प्रदेश सभालाई दिएको थियो ।

    प्रदेशसभाको दुई तिहाई बहुमतले प्रदेशको नाम र राजधानीको टुंगो लगाउने कानूनी ब्यवस्था छ । तर प्रदेशसभाले आफु माथी आएको कानुनी अधिकार नबुझेको मात्र होईन त्यसबाट श्रृजित दायित्व र जनमतलाई कुल्चेर समिती निर्माण गर्ने र त्यसका नाममा बजेट खर्च गर्ने कार्य नागरिक र राज्यका लागि आर्थिक भार थपेको देखिन्छ । प्रदेश ५को राजधानीको नाम लुम्विनी राख्ने बिषयमा खासै बहस र बिवाद नदेखिए पनि राजधानीको केन्द्र कहां राख्ने बिषय टुंगो लगाउन त्यती सहज देखिदैन । बुटवल बाहेक अन्यत्र राजधानी तोक्दा साबिक लुम्विनी अञ्चलका बासिन्दाहरुले आन्दोलन गर्न सक्ने र बुटवललाई राजधानी तोक्दा राप्ती नदि पश्चिममा आन्दोलन चर्किन सक्ने सम्भावना भएका कारण पनि प्रदेशसभा कानुनी बाटो बाटै तर्केको देखिन्छ ।रुपन्देहीमा रुपन्देहीमा मन्त्रालय, निर्देशनालय र कार्यालय ब्यवस्थीत भई सकेका छन भने प्रदेश सरकारलाई आफ्नो भवन उपलब्ध गराएका संघ संस्थाहरुले आफ्नो बिकल्प तयार गर्ने क्रममा रहेका छन । यसका साथै बुद्ध जन्मस्थल लुम्विनी, निर्माणाधिन अन्तराष्ट्रिय सम्मेलन केन्द्र, गौतमबुद्ध अन्तराष्ट्रिय बिमानस्थल, अन्तराष्ट्रिय प्रदर्शनी स्थल लगायतका भौतिक संरचनाहरु तयार भईसकेका कारण प्रदेशको स्थायी राजधानी रुपन्देहीलाई नै तोक्न सरकारलाई समेत दवाव छ ।

    यसमाथी नेपाली कांग्रेसका सभापती शेरवाहादुर देउवा नेतृत्वको सरकारले अस्थायी राजधानी रुपन्देहीलाई तोकेका कारण पनि आफुले तोकेको अस्थायी राजधानीलाई स्थायी घोषाण गर्दा कांग्रेसको भावनात्मक जित हुने भएकोले पनि नेपाली कांग्रेस रुपन्देही राजधानी बनाउने पक्षमा छ ।त्यति मात्र होईन राजधानीका लागि आवश्यक कार्यालय आवास लगायतका भौतिक पुर्वाधार बुटवलले जसरी सहज रुपमा अन्य क्षेत्रले थेग्न सक्ने अवस्था देखिदैन भने तत्काल पुर्वाधार निर्माण गरेर राजधानी बसाई हालौं भन्ने अवस्था अन्य जिल्लामा सम्भव देखिदैन ।
    नेताहरुको प्रतिष्ठासंग जोडिएका कारणपनि कतिपयले कपिलबस्तुलाई राजधानी मानेर मध्यमार्गी निकास निकाल्नु पर्ने सुझाव दिएको देखिन्छ । तर नेकपाका कतिपय नेता र प्रदेशसभा सदस्यहरुले पुर्वाधार नभएको स्थानमा राजधानी नसर्ने दावी गरेका छन । भने केही दिन अघि दिएको एक अन्तरवार्तामा मुख्यमन्त्री शंकर पोखरेलले नया स्थानको खोजी गरेको संकेत गरेका छन ।
    प्रदेश सरकारको एकबर्ष पुगेको उपलक्ष्यमा गतबर्ष आयोजित कार्यक्रममा बुटवल उपमहानगरपालिका प्रमुख शिवराज शुवेदीले पुर्वमा दाउन्ने देखि पश्चिम शिवराज गढी सम्मलाई बुटवलको रुपमा देखेको बताएका थिए ।

    राजधानीको बिषयले सबैभन्दा बढी सकस सत्तारुढ नेकपामा छ मुख्यमन्त्री शंकर पोखरेलले निर्वाचनताका दिएको दाङका मतदातालाई दिएको वचन राजधानी दाङ बनाउने थियो भने महासचिव बिष्णु पौडेलले बुटवललाई राजधानी बनाउने भन्ने थियो । यि दुई सक्तिसालीका बिच कुरा नमिल्दा सम्म राजधानी टुंगो लाग्ला भन्ने कसैले अनुमान समेत गरेको छैन ।
    पछिल्लो संसदीय दलको बैठकमा मुख्यमन्त्री पोखरेलले हिजो दिएका आश्वासन भन्दा पनि आजको सम्भावना, आवश्यकता र उपयुक्त केहो त्यसकै आधारमा निर्णय गरौं भनेपछि पुर्व लुम्विनीका सांसदहरु अलि उत्साहीत देखिएका छन ।
    राजधानीको बिषयमा एकाध माननीयहरु बाहेक कसैले मुख खोलेर बोल्न चाहदैनन । नवलपरासी र बर्दियाको दुरी हेरेर भुगोलको मध्यभाग राजधानी बनाउनु पर्छ भन्ने तर्क उपयुक्त नभएको पाल्पाका एक सांसदले भने । जहिले पनि नवलपरासी र बर्दियाको दुरी हेरीएको छ तर गल्मी र पुर्वी पाल्पाको नागरीक तानसेन नआउदै बर्दियाको नागरीक बुटवल आईपुग्छ अनि बुटवललाई कसरी अपायक भनिएको छ ? उनले प्रतिप्रश्न गरे ।

    जनसंख्याको बिश्लेषण गर्दा ५ नं. प्रदेशका बहुसंख्यक नागरिकलाई रुपन्देही पायक पर्ने भएपनि दाङवासीहरुले दाङलाई प्रदेशको केन्द्र तोक्नुपर्ने माग गर्दै आएका छन ।पछिल्लो जनगणनाको बिश्लेषण गर्ने हो भने प्रदेश नं ५ अन्तरगत लुम्विनी अञ्चलको २४ लाख ८५ हजार १ सय ११ जनसंख्यालाई रुपन्देही पायक पर्ने छ भने राप्ती र भेरीका प्युठान बाहेकका जिल्लाहरुको जनसंख्या १६ लाख ५७ हजार ८ सय ४८ रहेको छ ।२ लाख १२ हजार ४ सय ८४ जनसंख्या रहेको प्युठानको समर्थन पनि बुटवललाई रहेको दावी रुपन्देहीबासीको छ । उनिहरुको दावीलाई मान्ने हो भने प्रदेशको करिव २ तिहाई जनसंख्यालाई रुपन्देही पायक पर्ने देखिन्छ । तर प्युठानले रुपन्देहीलाई समर्थन नै गर्छ भनेर बिश्वास गर्ने आधार भने कम रहेको छ ।निर्वाचन आयोगले जारी गरेको पछिल्लो मतदाता नामावलीमा समेत यस क्षेत्रको मतदाता संख्या २६ लाख २ हजार २ सय २८ रहेकोमा लुम्विनीको मतदाता संख्या १५ लाख ५८ अन्ठाउन्न हजार ५ सय २६ र लुम्बिनी पश्चिम पायक पर्ने मतदाता संख्या प्युठान समेत जोड्दा १० लाख ४३ हजार ७ सय २ रहेको छ ।
    यसर्थ पनि बहुसंख्यक मतदातालाई पायक पर्ने क्षेत्र रुपन्देहीलाई प्रदेशको स्थायी राजधानी तोकेर वहुसंख्यक नागरिकप्रति न्याय हुने दावी रुपन्देही बासीको छ ।

    बुटबल सहर तस्बिर: सुबास बेल्बासे

     

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    कोरियामा काम गरेर फर्किएकाका लागि पुनः भाषा परीक्षाको आवेदन
    बहुपति प्रथामा आधारित चलचित्र ‘टुल्की’ जेठ १२ बाट प्रदर्शनमा आउने
    कांग्रेस लुम्बिनी प्रदेश संसदीय दलको सचेतकमा निमा गिरी नियुक्त
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. अखिल क्रान्तिकारीका विद्यार्थी नेता खत्रीले गरे जन्मदिनमा रक्तदान

    • २. प्रदेशिनु रहर कि वाध्यता

    • ३. जिल्ला स्तरिय तेक्वान्डो प्रतिस्पर्धा संचालन

    • ४. लुम्बिनी कानूनी अनुसन्धान केन्द्र बुटवलको दोस्रो साधारण सभा सम्पन्न

    • ५. जनतासंग माओवादी अभियानको देशभर उद्घाटनः प्यूठानको माण्डवी र स्वर्गद्धारीमा सामाजिक काम गरियो

    धेरै पढिएको
    • १. अखिल क्रान्तिकारीका विद्यार्थी नेता खत्रीले गरे जन्मदिनमा रक्तदान

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    अध्यक्ष:शिशिर के.सी.

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    का.म.पा. २९ अनामनगर

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.