बुटवल । बुटवल कम्प्युटर इन्स्टिच्युट (बिसिआई)ले नेपाल प्रहरी सहायक निरीक्षक (असई)मा नियुक्ति पाएका आफ्ना पाँच विद्यार्थीलाई बधाई तथा सम्मान गरेको छ।
शुक्रबार आयोजित कार्यक्रममा अशोक पौडेल, राजेन्द्र शर्मा, बुद्ध सिंह नेपाली, अरुण हुमजाली र डिलाराम अर्याललाई खादा र मायाको चिनो प्रदान गरिएको थियो।
कार्यक्रममा बिसिआईका व्यवस्थापक दिपक केसीको अध्यक्षता तथा पूर्व डिएसपी मेघराज कडेल प्रमुख अतिथि रहेका थिए।
वक्ताहरुले विद्यार्थीको अनुशासन, मेहनत र अभ्यासकै कारण सफलता सम्भव भएको उल्लेख गर्दै सुरक्षासेवा राष्ट्रसेवाको अवसर भएको बताए।
