प्युठान। नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले शुक्रबार सार्वजनिक गरेको मूल्यसूची अनुसार छापावाल सुन तोलामा २ लाख १५ हजार ८०० रुपैयाँ पुगेको छ ।
सोही सुन प्रति १० ग्रामकै १ लाख ८५ हजार १५ रुपैयाँ पुगेको छ ।
यसअघि बिहीबार छापावाल सुन तोलामा २ लाख १४ हजार ७०० रुपैयाँ कायम भएको थियो
