काठमाडौं
पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम सरकारको नेतृत्व दिने सहमति भएको छ। सो सहमति अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले आजै उनलाई सरकार प्रमुखमा नियुक्त गर्ने तयारी गरेका छन्।
यसअघि नयाँ सरकार गठनबारे छलफल गर्न कार्की सहितको टोली शीतलनिवास पुगेको थियो। टोलीमा जेन–जी आन्दोलनका अभियन्ता तथा हामी नेपाल संस्थाका अध्यक्ष सुदन गुरुङ र अधिवक्ता ओमप्रकाश अर्याल पनि सहभागी थिए। अन्ततः संविधान विघटन गर्नुपर्ने निष्कर्षमा पुगेर दुवै पक्ष सहमत भएका हुन्।
