काठमाडौं
मधेस प्रदेशका ५ सांसद पदमुक्त भएका छन् । बिहीबार ५ सांसद पदमुक्त भएका हुन् ।
पदमुक्त हुनेहरूमा उर्मिला देवी सिंह सर्लाही,मनिष कुमार सुमन सप्तरी,संजय कुमार यादव, सर्लाही, सिंहासन सा कलवार, सर्लाही, र सारदा संकर प्रसाद कलवार, बारा, रहेका छन् ।
प्रदेश सभामा लगातार १० वटा बैठकमा अनुपस्थित रहेको भन्दै सभामुख रामचन्द्र मण्डलले आजदेखि नै लागू हुनेगरी प्रदेश सभा सदस्यबाट पद मुक्त गरेका हुन् ।







