• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • अर्थ/बाणिज्य
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • अर्थ/बाणिज्य
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

        football खेलकुद cricket koche nepal.com power news covid-19 sports messi ट्रेक sandeep nepal

गृहकार्य हेर्ने बहानामा विद्यार्थीमाथि यौन दुर्व्यवहार,विद्यालय प्रमुख फरार


  •     / २०७६, ९ माघ बिहीबार १४:१५ प्रकाशीत

  • Advertisement
    Advertisement
    Advertisement

    सुचनाडबलिकर्मी,९ माघ, विराटनगर । बालिकामाथि यौन दुर्व्यवहारको आरोप लागेका विराटनगरको एक धार्मिक विद्यालयका प्रमुख फरार भएका छन् । दुई छात्रामाथि यौन दुर्व्यवहारको आरोप लागेका प्रधानाध्यापक (मौलवी) अमरुद्धिन मियाँ फरार भएका हुन् ।

    विराटनगर- ८ अशोक चोकमा रहेको ‘मदरसा रजाए मुस्तफा आधारभूत विद्यालयका’का मौलवी मियाँले मंगलबार र बुधबार छात्रालाई यौन दुव्र्यवहार गरेका थिए । बालिकाले जिल्ला प्रहरी कार्यालय मोरङका किटानी जाहेरी दिएपछि उनी फरार भएका हुन् ।

    जाहेरीपछि मियाँलाई खोज्न प्रहरी पुगेको थियो । तर मियाँलाई नभेटिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता प्रहरी नायव उपरीक्षक लोकदर्शन थापाले जानकारी दिए । बालिकाको जाहेरी आएपछि अनुसन्धान सुरु गरिएको उनले बताए ।

    सात वर्षयता मदरसाका कुरान पढाइरहेका मियाँले मंगलबार १४ वर्षीया र बुधबार १३ वर्षीया बालिकालाई कार्यकक्षमा बोलाएर यौनदुव्र्यवहार गरेका थिए । स्थानीयका अनुसार मदरसा पढ्ने करिब २० जना बालबालिका छन् । ती मध्ये ठूला भनेका तीन जना छन् ।

    मंगलबार मौलवीले सबै विद्यार्थीलाई गृहकार्य दिएका थिए । गृहकार्य देखाउनका लागि अफिसमा बोलाएर जवरजस्ती करणीको प्रयास गरेपछि १३ वर्षीय बालिकाले प्रतीकार गरेकी थिइन् ।

    घटना कसैलाई सुनाए बुबा-आमाको बदनाम गर्ने धम्की दिएपछि बिहीबार बिहान बालिका मदरसा गइनन् । घरबाट स्कुल पठाउन खोज्दा उनले घटना बारे सुनाएपछि स्थानीय र बालिकाका अभिभावक जिल्ला प्रहरी कार्यालय मोरङ आएका थिए ।

    १३ वर्षीय बालिकाले जाहेरी दिएपछि सोही मदरसा पढ्ने १४ वर्षीया बालिकाले पनि जाहेरी दिएकी छन् । घटना बाहिर आए बदनाम हुने डरले बसेकी बालिका साथीले जाहेरी दिएपछि आफूलाई पनि आँट आएको बताइन् ।

    स्थानीयबासीका अनुसार यसअघि पनि मौवलीविरुद्ध यौन दुव्र्यवहारको आरोप लागेको थियो ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    मेलम्चीको पानी आज काठमाडौं उपत्यकामा झर्दै
    ज्येष्ठ नागरिकलाई खोप लगाउन ४८ खोप केन्द्र तोकिए
    महिला, किशोरीलाई आत्मसुरक्षा तालीम
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. मेलम्चीको पानी आज काठमाडौं उपत्यकामा झर्दै

    • २. ज्येष्ठ नागरिकलाई खोप लगाउन ४८ खोप केन्द्र तोकिए

    • ३. महिला, किशोरीलाई आत्मसुरक्षा तालीम

    • ४. आपराधिक गतिविधि नियन्त्रण गर्न सिसिटिभी क्यामरा जडान

    • ५. आज पनि घट्यो सुनको मूल्य, तोलाको कति ?

    धेरै पढिएको
    • १. सुनको मूल्यमा सामान्य वृद्धि , कतिमा हुँदैछ कारोबार ?

    • २. सुर्य गुरुङ र सरिता राइको स्वर रहेको ‘क पुरी क’ सार्वजनिक

    • ३. श्रीलंकाको जेलमा २६ नेपाली महिला

    • ४. अमेरिकी डलरको विनिमय दर आज कति ?

    • ५. केरुङ नाका सोमबारदेखि सञ्चालन हुने

    हाम्रो बारेमा

    सुचना विभाग दर्ता : १६८४/०७६-७७

    अध्यक्ष: शिशिर के सी

    सम्पादक:किशोर पुन मगर

    सम्पर्क

    कामपा २९ अनामनगर
    सम्पर्क ९८६८६१९८८४
    ई-मेल :suchanadabalimedia@gmail.com

    हामीसङ जोडीनुहोस्

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nTech.