• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi covid-19 प्युठान अखिल (क्रान्तिकारी)

गृहकार्य हेर्ने बहानामा विद्यार्थीमाथि यौन दुर्व्यवहार,विद्यालय प्रमुख फरार


  •     / २०७६, ९ माघ बिहीबार प्रकाशीत

  • Advertisement

    सुचनाडबलिकर्मी,९ माघ, विराटनगर । बालिकामाथि यौन दुर्व्यवहारको आरोप लागेका विराटनगरको एक धार्मिक विद्यालयका प्रमुख फरार भएका छन् । दुई छात्रामाथि यौन दुर्व्यवहारको आरोप लागेका प्रधानाध्यापक (मौलवी) अमरुद्धिन मियाँ फरार भएका हुन् ।

    विराटनगर- ८ अशोक चोकमा रहेको ‘मदरसा रजाए मुस्तफा आधारभूत विद्यालयका’का मौलवी मियाँले मंगलबार र बुधबार छात्रालाई यौन दुव्र्यवहार गरेका थिए । बालिकाले जिल्ला प्रहरी कार्यालय मोरङका किटानी जाहेरी दिएपछि उनी फरार भएका हुन् ।

    जाहेरीपछि मियाँलाई खोज्न प्रहरी पुगेको थियो । तर मियाँलाई नभेटिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता प्रहरी नायव उपरीक्षक लोकदर्शन थापाले जानकारी दिए । बालिकाको जाहेरी आएपछि अनुसन्धान सुरु गरिएको उनले बताए ।

    सात वर्षयता मदरसाका कुरान पढाइरहेका मियाँले मंगलबार १४ वर्षीया र बुधबार १३ वर्षीया बालिकालाई कार्यकक्षमा बोलाएर यौनदुव्र्यवहार गरेका थिए । स्थानीयका अनुसार मदरसा पढ्ने करिब २० जना बालबालिका छन् । ती मध्ये ठूला भनेका तीन जना छन् ।

    मंगलबार मौलवीले सबै विद्यार्थीलाई गृहकार्य दिएका थिए । गृहकार्य देखाउनका लागि अफिसमा बोलाएर जवरजस्ती करणीको प्रयास गरेपछि १३ वर्षीय बालिकाले प्रतीकार गरेकी थिइन् ।

    घटना कसैलाई सुनाए बुबा-आमाको बदनाम गर्ने धम्की दिएपछि बिहीबार बिहान बालिका मदरसा गइनन् । घरबाट स्कुल पठाउन खोज्दा उनले घटना बारे सुनाएपछि स्थानीय र बालिकाका अभिभावक जिल्ला प्रहरी कार्यालय मोरङ आएका थिए ।

    १३ वर्षीय बालिकाले जाहेरी दिएपछि सोही मदरसा पढ्ने १४ वर्षीया बालिकाले पनि जाहेरी दिएकी छन् । घटना बाहिर आए बदनाम हुने डरले बसेकी बालिका साथीले जाहेरी दिएपछि आफूलाई पनि आँट आएको बताइन् ।

    स्थानीयबासीका अनुसार यसअघि पनि मौवलीविरुद्ध यौन दुव्र्यवहारको आरोप लागेको थियो ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    धनुषामा गोली हानेर वडाध्यक्षको हत्या
    जेन-जी प्रदर्शनको क्रममा ज्यान गुमाउनेको संख्या ५१ पुग्याे
    सुनको मुल्य हालसम्मकै उच्च, कतिमा हुँदैछ कारोबार ?
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.