माघ ९
टु आर क्षेत्री, प्युठान
प्युठानमा स्वर्गद्धारी प्यूठान चौथो महोत्सव २०७६ संचालन हुने भएको छ ।
प्यूठान उद्योग बाणिज्य संघको मुख्य आयोजनामा यहि फागुन ८ गतेदेखि १८ गतेसम्म संचालन हुने भएको हो ।
एक लाख दर्शकले महोत्सव अवलोकन गर्ने तथा ८ करोड बराबरको कारोवार हुने लक्ष्यका साथ महोत्सवको आयोजना गरिएको महोत्सवका आयोजक गरिएको आयोजकले जानकारी दिनुभयो ।
‘उद्योग, व्यापार र कलाको विकास गरौं, सस्कृतिको संरक्षण गर्दै पर्यटन वर्ष २०२० सफल पारौं’ भन्ने मुल नारा सहित प्युठान नगरपालिका ४ विजुवार खेलमैदानमा कृषि, पर्यटन, ऊर्जा तथा औद्योगिक व्यापार मेला हुन लागेको हो ।
महोत्सव संचालनका लागि तयारी सुरु गरिएको संघका कार्यकारी निर्देशक प्रकाश खनालले जानकारी दिनुभयो ।