• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • अर्थ/बाणिज्य
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • अर्थ/बाणिज्य
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

        football खेलकुद cricket koche nepal.com power news covid-19 sports messi ट्रेक sandeep nepal

बिबाहको मन्डपमा बस्न नपाइ संसारबाट बिदा भइन रमिता


  •     / २०७६, ९ माघ बिहीबार १४:५८ प्रकाशीत

  • Advertisement
    Advertisement
    Advertisement

    सुचनाडबली सहकर्मी/ माघ ९, कंचनपुर ,यही माघ १३ मा उनको विवाह हुँदै थियो । जीवनमा एक पटक हुने विवाहका लागि उनमा कम्ति उमङ्ग थिएन । त्यसैले उनी आफनो विवाहको निम्ता साथिहरुलाई बाँडन हिड्दै थिईन । तर विवाहको मिति नजिकिंदै गर्दा उनले यस धर्ती छोडिन ।
    बिहीबार अपरान्ह कञ्चनपुरको पुर्वपश्चिम महेन्द्रराजमार्गमा अन्तर्गत भीमदत्त नगरपालिका ४ महेन्द्रनगर चौमन्न चोकमा टिपरको ठक्करबाट उनको ज्यान गयो । मृतक हुन रमिता भट्ट(रोशनी) ।

    ग्राभेल बोकेको से १ क ८८७ नम्बरको टिपरले ठक्कर दिएर दशरतचन्द नगरपालिका १ गुरुखोलाकी २० वर्षीया युवती भट्टको घटनास्थलमै मृत्यु भयो । साईकल चढेकी रमितालाई टिपरले ठक्कर दिएको थियो । टिपरको पछाडीको चक्काले उनको टाउको किचेपछि उनको घटनास्थलमा नै ज्यान गयाे ।  (नयाँपत्रिकाबाट समाचार र फोटो साभार)  
    घटना जिल्ला ट्राफिक कार्यालय कञ्चनपुरको कार्यालयदेखि झण्डै ५ सय मिटर दुरी पश्चिममा भएको हो । स्थानीयले टिपर आतङ्क बढेको भन्दै टिप्परमाथी ढुङ्गामुढा प्रहार गरेका थिए ।
    भीमदत्त नगरपालिका १५ गोबरैयामा डेरागरी बस्ने रमिता जनज्योती बहुमुखी क्याम्पस स्नातक तेस्रो बर्षमा अध्ययनरत थिइन् । डेढ बर्ष अघि उनले प्रकाश टेरसंग भागि विवाह गरेकी थिइन् ।

    प्रकास टेरका भाई महेश टेरले भागेर विवाह भएको बताए । ‘डेढ बर्ष अघि दाजु प्रकाशसंग रमिताको भागेर विवाह भएको थियो’ ‘उनले भने ‘साँस्कृतिक परम्परा अनुसार विवाह भएको थिएन, यही १३ माघमा विवाह हुन लागेको थियो ।’
    रमिताको विवाहका लागि केटा र केटीपक्षबीच तयारी भइरहेको थियो । नजिकका आफन्त र साथीभाईलाई नियन्त्रणा दिन उनी गोबरैया डेराबाट साईकल चढेर बजार निस्किएकी थिइन् ।
    उनको शव महाकाली अस्पतालमा राखिएको छ । ठक्कर दिने टिपरलाई घटनास्थलबाट साँझ अवेरसम्म पनि प्रहरीले कार्यालय ल्याउन सकेको थिएन् । भिड नियन्त्रण गर्न प्रहरीले केही राउण्ड आँश्रुग्याँस प्रहार गरेको थियो । स्थानीयले घटनाको सत्यतथ्य छानबिन गरेर दोषि उपर कार्बाहीको माग अघि सारेका छन् । कञ्चनपुर प्रहरीले घटना बारे अनुसन्धान भईरहेको जनाएको छ । घटना लगत्तै भागेका चालक जयराज पनेरुलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    अनेरास्ववियू रुपन्देहीद्वारा आयल निगम घेराउ
    प्रचण्डका राजनीतिक गुरु वामपन्थी नेता कुँवरको निधन
    टिपरले ठक्कर दिँदा दुईको मृत्यु
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. जिल्ला स्तरीय टेबल टेनिसमा न्यु होराईजन प्रथम

    • २. अनेरास्ववियू रुपन्देहीद्वारा आयल निगम घेराउ

    • ३. रुपन्देहिमा जिल्ला स्तरीय अन्तर मा.बि. टेबल टेनिस प्रतियोगिता हुने

    • ४. झिमरुकमा ‘उपाध्यक्ष कोसेली’ कार्यक्रम मार्फत जेष्ठ नागरिकलाई कोसेली

    • ५. कालिका विकास केन्द्रको अध्यक्षमा श्रेष्ठ

    धेरै पढिएको
    • १. जिल्ला स्तरीय टेबल टेनिसमा न्यु होराईजन प्रथम

    हाम्रो बारेमा

    सुचना विभाग दर्ता : १६८४/०७६-७७

    अध्यक्ष: शिशिर के सी

    सम्पादक:किशोर पुन मगर

    सम्पर्क

    कामपा २९ अनामनगर
    सम्पर्क ९८६८६१९८८४
    ई-मेल :suchanadabalimedia@gmail.com

    हामीसङ जोडीनुहोस्

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nTech.