सुचनाडबली सहकर्मी/ माघ१६,काठमाडौं । ललितपुरस्थित एक स्वास्थ्य क्लबको ‘साउना वाथ’मा नुहाउने क्रममा निसास्सिएर पति पत्नीकै निधन भएको छ। ललितपुर महानगरीय प्रहरी परिसरका प्रमुख एसएसपी टेकप्रसाद राईका अनुसार तिखेदेवलस्थित फिट एन्ड फाइन एरोबिक क्लबको साउनामा नुहाउने क्रममा ४२ वर्षीय हस्त गर्बुजामगर र उनकी श्रीमती ३९ वर्षीया नेत्रकुमारीको निधन भएको हो।
हस्त गर्बुजामगर पूर्वमहिला, बालबालिका तथा जेष्ठ नागरिकमन्त्री थममाया थापाका स्वकीय सचिव (पीए) हुन् । ललितपुर महानगरपालिका–१५ तिखेदेबलमा बस्दै आएका हस्त गर्बुजा मगर र नेत्रकुमारीको गएराति निस्सासिएर मृ त्यु भएको ललितपुर प्रहरी परिसर जावलाखेलकी एसपी दुर्गा सिंहले जानकारी दिइन् ।
अनुसार उनीहरू बुधबार राति क्लबमा गएका थिए र राति क्लबको बाथरुमको साउना (तातो आउने विशेष व्यवस्था भएको) मा नुहाउन पसेका थिए।
धैरैबेर ननिस्केपछि बाथरुमको ढोका खोलेर हेर्दा उनीहरू बेहोस भेटिए पछि अस्पताल लगिएको थियो । तत्काल उद्धार गरी पाटन अस्पताल पुर्याउँदा चिकित्सकले उनीहरूलाई मृ त घोषणा हो । साउनामा नुहाउँदा निश्चित समयमा निस्किनुपर्ने हुन्छ। तर ती गर्बुजामगर दम्पति निश्चित समयमा ननिस्किएका कारण अक्सिजन नपुगेर निधन भएको हुन सक्ने प्रारम्भिक अनुसन्धानले देखाएको प्रहरीले जनाएको छ ।