सुचनाडबली सहकर्मी,माघ१६,काठमाडौं / नेत्र बिक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा जनप्रीय कलाकार माइला लामा सहित चार नेतालाई रिहा गर्न अदालतले आदेश गरेको छ ।
ललितपुरमा रहेको पाटन उच्च अदालतले लामा सँगै नेकपा केन्द्रीय सदस्य नविन विक, नेतृ धिरिन्द्रा उपाध्याय र इश्वर परियारलाई रिहा गर्न आदेश गरेको छ ।
केहि महिना अगाडी जिल्ला अदालत ललितपुरले एनसेलमा विस्फोट गराएको घटनामा र राज्य विरुद्धको अपराधमा दोषी ठहर गर्दै पुर्पक्षमा पठाउने फैसला गरेको थियो । उक्त फैसलालाइ उच्च अदालतले बदर गर्दै नेताहरुलाई रिहा गर्न आदेश दिएको छ ।
जिल्ला अदालत ललितपुरको आदेश विरुद्ध उनीहरुका परिवार उच्च अदालत गएका थिए । उच्च अदालतका मुख्य न्यायाधीश नहकुल सुवेदी र न्यायाधीश श्रीकान्त पौडेलको इजलासले विहीबार चारै नेता निर्दोष ठहर गर्दै रिहा गर्न आदेश दिएको हो ।
लामा लगाएतलाइ छुट्टाछुट्टै समयमा प्रहरीले गिरफ्तार गरेको थियो । ललितपुर जिल्ला अदालतले पुर्पक्षको लागि ललितपुरको नख्खु जेल चलान गरेको थियो ।
थुनामा रहेका नेताहरुको आफन्त पीडितको तर्फबाट वरिष्ठ अधिवक्ता एकराज भण्डारी, अधिबक्ताहरु कपिलचन्द्र पोखरेल, कान्तिराम ढुंंगाना, खिमानन्द , रामकृष्ण भण्डारी, सन्तोष कोइरालाले बहस गरेका थिए