• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi covid-19 प्युठान अखिल (क्रान्तिकारी)

के गरि बस्छन महरा कारागारमा?को को जान्छन भेट्न ?


  •     / २०७६, १७ माघ शुक्रबार प्रकाशीत

  • Advertisement

    सुचनाडबली सहकर्मी/ काठमाडौं, १७ माघ । पूर्वसभामुख कृष्णबहादुर महरा जबर्जस्ती करणीको अभियोगमा करिब तीन महिनादेखि पुर्पक्षका लागि थुनामा छन्। कात्तिक २५ गतेदेखि डिल्लीबजार कारागारमा रहेका उनलाई भेट्न जानेहरूको लर्को नै लाग्ने गरेको छ।


    उनलाई भेट्न आउनेहरू प्रायः जनमानसमा परिचित र शीर्षनेताहरू होलान् भन्ने धेरैलाई लाग्न सक्छ। तर उनलाई भेट्न सामान्य कार्यकर्ता र आफन्तबाहेक भिआइपी भने जाँदैनन्। ‘अरू कैदीलाई भेट्न फाट्टफुट्ट रूपमा भए पनि शीर्ष नेताहरू आइरहेका हुन्छन्,’ कारागार प्रशासनका एक कर्मचारीले भने, ‘तर महराज्यूलाई भेट्न शीर्ष नेताहरू कोही नआएको देख्दा अनौठो लागेको छ।’

    राज्यको पाँचौं वरीयताका व्यक्ति जबर्जस्ती करणीको मुद्दामा जेल चलान भएको यो नै पहिलो रेकर्ड हो। त्यसकारण पनि महराले अप्ठेरो महसुस गरेको जनाइएको छ। कारागार स्रोतका अनुसार महरा स्वयं पनि बाहिरी व्यक्तिसँग भेट्न रुचि राख्दैनन्।

    कारागारका कर्मचारीले ‘कस्तो छ ?’ भनेर सोध्दा उनी टाउको हल्लाएर ठीक रहेको संकेत गर्ने गरेकाे खबर आजको नागरिक दैनिकले छापेको छ ।
    नागरिक दैनिककाे अनुसार कारागारभित्र महराको बिहान ६ बजेदेखि दैनिकी सुरु हुन्छ। उठ्नेबित्तिकै उनी केही बेर ओछ्यानमै योग गर्छन्।

    एकछिन हातपाखुरा र जिउ तन्काएपछि कारागारकै कम्पाउन्डमा चार/पाँच फन्को मार्छन्। लगत्तै तातोपानी, चिनीबिनाको चिया र रोटी, फलफूल आदि खान्छन्। उनका लागि प्रायः घरबाटै खानेकुरा आइपुग्छ। बिहान ९ बजेतिर पत्रपत्रिका पढ्न पुस्तकालय छिर्छन्। १० बजे खाना खान कोठाभन्दा बाहिरपट्टि कुर्सीमा आउँछन्। कहिलेकाहीं भने कारागारभित्रकै क्यान्टिनमा खान्छन्।


    कोठामा छिरेर केही बेरको आरामपछि उनी ११ बजे आगन्तुक भेट्न र घाम ताप्न बाहिर निस्कन्छन्। दिउँसो २ बजे आफन्तसँगै खाजा खान्छन्। त्यसपछि ५ बजेसम्म कोठाबाहिरै बस्छन्। साँझ परेसँगै खाना खाएलगत्तै उनी सुगर र प्रेसरको औषधि सेवन गर्छन्। महराले आफ्नो सिरानीनजिक केही पुस्तक राखेका छन्। उनी आफन्त नआएका बेला किताब र पत्रपत्रिका पढ्छन्। बेलुकी ९ बजे उनको सुत्ने समय हो।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण
    जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा
    मतदाता नामावली संकलन म्याद ५ दिन थपियो
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.