• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi covid-19 प्युठान अखिल (क्रान्तिकारी)

सेनाको जागिर छोडेर ‘कमेडी’मा पहिचान बनाउँदै प्रदीप


  •     / २०७६, १९ माघ आईतवार प्रकाशीत

  • Advertisement

    माघ १९, काठमाडौ

    सरकारी जागिर खान धेरै नै मुस्किल छ । र, हरेकको इच्छा पनि सरकारी जागिरनै खाउँ भन्ने नै हुन्छ । तर, हास्य कलाकार प्रदिप गाउँलेमा भने यसको उल्टो देखिन्छ । गण्डकी प्रदेशक स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका ५, आरुचौरमा जन्मिएका गाउँलेले त्यस्ता व्यक्ति हुन जसले साढे ३ वर्षसम्म नेपाली सेनामा रहेर काम गरेपछि कलाकार बन्नकै लागि सेनाको जागिर त्यागे। नेपालका प्रधानमन्त्री केपी शर्मा ओली, नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ुप्रचण्डु, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवादेखि कलाकार र पत्रकारहरूको जस्तै आवाज र लवज निकाल्न सिपालु मानिने प्रदीपले स्टेजहरू राम्रै पाएका छन्।

    यहि क्षविका कारण उनले बागलुङ, पर्वत, स्याङ्जा, तनहुँ, गोरखा, पर्वत, कास्की लगायतका जिल्लाहरूमा हुने धेरै मेला, महोत्सवदेखि साना कार्यक्रमहरूमा पनि ठाउँ पाएका छन्। २०७२ सालमा नेपाली सेनाको सिपाहीमा भर्ती भएका उनलाई जागिरभन्दा कलाकारिता नै प्यारो लाग्यो। यही कारण साढे २ वर्षसम्म नेपाली सेनामा काम गरेपछि उनले जागिरबाट राजीनामा गरेर स्टेजको खोजीमा हिँड्न थाले। ‘मलाई त सेनामा जागिर गर्न मन नै थिएन, तर परिवार र गाउँकाले सरकारी जागिरको महत्वको बारेमा पटकपटक गरेपछि भर्ती भएँ’ गाउँले भन्छन्, ‘बच्चैदेखि कमेडी मन पराउने मलाई सेनाको टाइम टेबलमा रहेर ड्युटी गर्न भन्दा पैसा नै नकमाए पनि कलाकार बन्न मन लाग्यो।’

    सानैदेखि कलाकार बन्न मन लागेका कारण जागिरबाट कमाएको पैसामा भन्दा स्टेजमा हँसाउँदा दर्शकले दिएको ताली आफूलाई प्यारो लाग्ने गरेका कारण सेनाको जागिर भन्दा हास्य कलाकारिताको बाटो उत्तम मानेको उनी बताउँछन्। ‘सेनाकै जागिरमा रहेको भएमा महिना महिनामा तलब त आउने थियो’ प्रदीप भन्छन्, ‘जागिरबाट आएको तलब भन्दा स्टेजमा हेरिरहेका दर्शकबाट आउने तालीमा मज्जा लाग्छ।’ पैसा कमाएको वा जागिरे मान्छेलाई भन्दा कलाकारलाई सबैले चिन्ने भएका कारण सेलीब्रेटी बन्नमा आनन्द लाग्ने गरेको उनले बताए। सानैबाट नै नेपाली हास्य विधाका कलाकारहरूको जस्तै चाल चलन अपनाउन खोज्ने उनले विद्यालय तहमा अध्ययनरत हुँदाबाट नै गाउँ घरमा हुने गरेका कार्यक्रमहरूमा आफ्ना कला देखाउँथे र हँसाउँथे। कक्षा १२ सम्मको अध्ययनमा आइपुग्दा उनलाई कलाकारिता क्षेत्रकै लगाव बढी भयो यही कारण औपचारिक विद्यालय शिक्षालाई पनि यत्तिकै छाडिदिए। स्टेजमा आफ्नो कला देखाउन पाए पैसा बरु चाहिँदैन भन्ने सोच उनमा थियो।

    उधोगी डटकमबाट साभार

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    धनुषामा गोली हानेर वडाध्यक्षको हत्या
    जेन-जी प्रदर्शनको क्रममा ज्यान गुमाउनेको संख्या ५१ पुग्याे
    सुनको मुल्य हालसम्मकै उच्च, कतिमा हुँदैछ कारोबार ?
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.