माघ २६, काठमाडौ
आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको तेस्रो खेलमा नेपालले ओमानलाई जितका लागि २५० रनको लक्ष्य दिएको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउदै २४९ रन बनायो ।
नेपालका लागि कप्तान ज्ञानेन्द्र मल्लले सर्वाधिक ५६ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै विनोद भण्डारीले ३५ रन जोड्दा पारस खड्काले ३८ रन बनाए । आरिफ शेख र कुशल मल्ल समान २८/२८ रनमा आउट भए । सुवास खकुरेलले २२ रन जोड्दा करण केसी १० रनमा आउट भए ।
दिपेन्द्र सिंह ऐरी सुन्य रनमा आउट हुँदा सन्दीप लामिछानेले अविजित १० रन बनाए ।
ओमानका अकिब इलासले ४ विकेट लिए । मोहमद नदीमले ३ विकेट लिए ।