• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi covid-19 प्युठान अखिल (क्रान्तिकारी)

विजयनगरको छैठौँ गाउँ सभा सम्पन्न, योजनाहरुलाई पारदर्शी बनाउने अध्यक्ष थापाको जोड


  •     / २०७६, २७ माघ सोमबार प्रकाशीत

  • Advertisement

    माघ २७, कपिलवस्तु

    कपिलवस्तुको विजयनगर गाउँपालिकाको छैठौँ गाउँ सभा सोमवार सम्पन्न भएको छ । उक्त गाउँ सभाले आर्थिक वर्ष २०७६÷०७७ को अर्धवार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेको हो । बजेटको संसोधन आएपछि वडा र गाउँपालिकाबाट कार्यान्वयन हुन नसकेका र केही आवश्यक देखिएका योजनाहरुमा थप बजेट विनियोजन गरिएको छ ।
    आर्थिक वर्ष २०७६/०७७ को आन्तरिक आयस्रोतबाट पुस मसान्तसम्म ९९ लाख बैँक दाखिला भएको उल्लेख गरिएको छ । गाउँ सभाध्यक्ष गोपाल बहादुर थापाले कार्यक्रममा १ ओटा नियमावली, १० ओटा कार्यविधि, र २ ओटा ऐन प्रस्तुत गर्नु भएको थियो र सो सर्वसम्मतिबाट पारित गरिएको छ ।

    कार्यक्रममा २०७६ सालको स्थानीय तहमा वातावरण तथा प्राकृतिक स्रोतको संरक्षण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र निर्णयार्थ, कर्मचारी कल्याणकारी कोष सञ्चालन, आर्थिक सहायता सम्बन्धी कार्यविधि, एम्बुलेन्स सेवा व्यवस्थापन तथा सञ्चालन, खानेपानी, सरसफाई तथा स्वच्छता कार्यविधि, समपूरक कोष सञ्चालन तथा व्यवस्थापन, मर्मत सम्भार कोष सञ्चालन निर्देशिका, यान्त्रिक उपकरण सञ्चालन सम्बन्धी कार्यविधि, स्थानीय विकास कोष स्थापना तथा सञ्चालन कार्यविधि, विपद व्यवस्थापन कोष सञ्चालन तथा व्यवस्थापन, व्यवसाय कर सम्बन्धी कार्यविधि, घर बहाल कर सम्बन्धी कार्यविधि लगायत प्रस्तुत गरिएको थियो ।
    कार्यक्रमलाई समापन गर्दै गाउँसभाध्यक्ष गोपाल बहादुर थापाले अति आवश्यक गर्नु र सञ्चालनमा रहेका योजनाहरु आगामी जेठ मसान्तभित्र सम्पन्न गने गर्री कार्ययोजना बनाएर लाग्न अनुरोध गर्नु भयो । योजनाहरुलाई पारदर्शी बनाउने, इमान्दरी पुर्वक सम्पन्न गराउने र सबैको जवाफदेहिता रहोस् भन्ने कुरामा जोड दिनु भयो ।


    यस्तै गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत गोविन्द भट्टराईले कतिपय ऐन, कार्यविधि र निर्देशिका नहुँदा कार्य गर्न असहज हुने भएकोले सभाबाट सर्वसम्मतिले पारित भएकोले कार्यान्वयन गर्न सजिलो हुने बताउनु भयो । यसरी सम्पूर्ण मातहतका कर्मचारीलाई चुस्त दुरुस्त बनाई कार्य गर्न अनुरोध समेत गर्नु भएको थियो ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    धनुषामा गोली हानेर वडाध्यक्षको हत्या
    जेन-जी प्रदर्शनको क्रममा ज्यान गुमाउनेको संख्या ५१ पुग्याे
    सुनको मुल्य हालसम्मकै उच्च, कतिमा हुँदैछ कारोबार ?
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • २. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ३. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ४. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    • ५. न्युजिल्याण्डका जिम्मी निसमले पोखराबाट एनपिएल खेल्ने

    धेरै पढिएको
    • १. एनपीएलको टिकट ५ सयदेखि २ हजारसम्म

    • २. मधेसका ५ सांसद पदमुक्त

    • ३. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    • ४. बंगलादेशसंग बराबरीमा रोकियो नेपाल

    • ५. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.