माघ २७, काठमाडौ
कपिलवस्तु जिल्ला काे मायादेवी गाउँपालिका वडा नं. ३ बहारवासीमा रहेको मुनेश्वर मा.विमा राजेन्द्र प्रसाद यादव र शैलेन्द्र प्रसाद कुर्मी निर्वाचित भएका छन । समाजवादी पार्टी निकटको उम्मेदवार यादव र कुर्मीले कगं्रेस निकट उम्मेदवार संग दुई गुना बढि मतले विजयी भएका छन ।
समाजवादी पार्टी निकटका राजेन्द्र प्रसाद यादले १ सय ७६ मत तथा अर्का उम्मेदवार शैलेन्द्र प्रसाद कुर्मीले १ सय ६१ मत ल्याएर विजयी भएका हुन । प्रतिद्धान्दी रहेको नेपाली कागं्रेस निकटका राममिलन पासी ८९ मत ल्याएका थिए र अर्का उम्मेदवार योगेन्द्र त्रिपाठीले ५४ मत ल्याएका थिए । २ जना महिला सदस्य पहिले नै निर्विरोध भए भएका थिए । २ जना पुरुष सदस्यको लागि चुनाव भएको विद्यालयले जानकारी दिएको छ । सोमवार भएको निर्वाचनमा शैलेन्द्र चौधरी र राजेन्द्र यादव निर्वाचित भएका छन । निर्वाचित सम्पुर्णलाई समाजवादी पार्टीको जिल्ला अध्यक्ष शैलेन्द्र यादवले पार्टी भन्द माथि उठेर काम गर्न अग्रह गरेका छन ।
सबै सदस्यहरुको आफ्नो पार्टी भए पनि विद्यालयको लागि सबैले पार्टी भन्दा माथि उठेर शिक्षाको क्षेत्रमा अहम भुमिका खेल्नाको लागि अग्रह गर्दै सफल कार्यकालको शुभकामना दिएका छन ।