• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi covid-19 प्युठान अखिल (क्रान्तिकारी)

प्रहरीमा जागिर छाड्ने क्रम बढ्दो, सेनामा पनि १० हजार दरबन्दी रिक्त


  •     / २०७६, ४ फाल्गुन आईतवार प्रकाशीत

  • Advertisement

    फागुन ०४, काठमाडौ।           दिनरात मेहेनत गरेर पढ्ने र जागिर खाने प्रायः नेपाली युवाको सपना नै रहने गरेको छ ।

    निजामतीसहितका विभिन्न सेवा, संस्थान, बैंक तथा वित्तीय संस्था र सुरक्षा निकायहरूमा सरकारी जागिरको अवसर प्राप्त हुन्छ ।

    सरकारी जागिरमा एक पटक नाम निकालिसकेपछि हत्तपत्त जागिर छाड्ने गरेको पाइन्न, तर नेपाली सुरक्षा संयन्त्रको हकमा भने त्यो लागू हुँदैन ।

    अहिले नेपाल प्रहरीमा राजीनामा दिएर जागिर छाड्नेको संख्या दिनानुदिन बढिरहेको छ । नेपाल प्रहरीको तथ्यांक हेर्ने हो भने हरेका वर्ष जगिर छाड्नेहरूको संख्या बढेको देखिन्छ ।

     

    आर्थिक वर्ष २०७४/०७५ मा २ हजार ५ सय ६४ जनाले जागिर छाडेका थिए भने आर्थिक वर्ष २०७५/२०७६ मा ३ हजार ७३ जनाले जागिर छाडे । त्यसअघि आर्थिक वर्ष २०७४/०७५ मा नेपाल प्रहरीमा ७२ हजार ७ सय ४४ जनाको दरबन्दी रहेकोमा २ हजार ५ सय ६४ जनाले राजीनामा दिएका थिए । यो दरबन्दीको ३।५२ प्रतिशत हो ।

    आर्थिक वर्ष २०७५/०७६ मा बढेर ४.०५२ प्रतिशत भयो, अर्थात् ७५ हजार ९ सय २९ दरबन्दी रहेको नेपाल प्रहरीमा ३ हजार ७३ जनाले राजीनामा दिए ।

    यसरी बर्सेनि जागिर छाड्नेको संख्या बढिरहे पनि प्रहरी प्रवक्ता डीआईजी शैलेश थापा क्षेत्री भने यसलाई सामान्य मान्नुपर्ने बताउँछन् ।

    ‘नेपाल प्रहरीमा पहिरो नै गएको भनिएको छ, त्यो होइन । ७५ हजार भन्दा धेरै संख्यामा कर्मचारी भएको प्रहरीमा ४ प्रतिशतले राजीनामा दिनु समान्य विषय हो जस्तो लाग्छ,’ डीआईजी क्षेत्रीले लोकान्तरसँग भने ।

    संख्यात्मकरूपमा यसको ठूलो महत्त्व होला, नहोला तर प्रहरी कर्मचारीले जागिर छाड्ने कारणतर्फ हेर्ने हो भने यो निकै गम्भीर छ ।

    प्रहरीमा मात्र होइन, सेनामा पनि जागिर छाड्ने क्रम रहेको पाइन्छ ।

    पछिल्लो १७ महिनामा उपदानमा राजीनामा र राजीनामा दिनेको संख्या १ हजार ६७ रहेको छ ।

    नेपाली सेनाको जनसम्पर्क निर्देशनालय जङ्गी अड्डाले उपलब्ध गराएको तथ्यांकमा उपदानमा राजीनामा दिने अधिकृत तहका २९ जना र १ जनाले विना उपदान राजीनामा दिएका छन् ।

    साभार – क्यापिटललाइभ न्युजबाट

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण
    जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा
    धनुषामा गोली हानेर वडाध्यक्षको हत्या
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • २. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ३. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ४. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    • ५. न्युजिल्याण्डका जिम्मी निसमले पोखराबाट एनपिएल खेल्ने

    धेरै पढिएको
    • १. एनपीएलको टिकट ५ सयदेखि २ हजारसम्म

    • २. मधेसका ५ सांसद पदमुक्त

    • ३. बंगलादेशसंग बराबरीमा रोकियो नेपाल

    • ४. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    • ५. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.