फागुुुन ०५, कपिलवस्तु
कपिलवस्तु लगायत देश भर दादुरा रुवेला रोग विरुद्धको खोप अभियान सुरु हुने भएको छ । फाल्गुन र चैत्र महिनामा संचालन हुने अभियानमा कुनै वाल वालिका खोप लगाउनबाट नछुटाउन सरोकारवालाले अनुरोध गरेका छन । तराईका १९ जिल्लामा जन्म देखी ५ वर्ष सम्मका वालवालिकालाई दादुरा रुवेला को खोपमा पोलियो थोपा समेत खुवाईने छ । बाकीं जिल्लाहरुमा ९ महिना देखी ५ वर्ष सम्मका वालवालिकालाई दादुरा रुवेलाको खोप लगाईने छ । सरकारले २०१९ सम्म दादुरा रुवेला रोगको निवारण गर्ने लक्ष्य राखेको थियो । लक्ष्य पुरा नभए पछी सन २०२३ सम्ममा निवारण गर्ने दक्षिण पुर्वि एसीयावाट अन्त्य गर्ने लक्ष्य निर्धारण गरेको छ ।
अभियान अन्र्तगत कपिलवस्तु जिल्लामा ३ चरणमा खोप लगाईने वताईएको छ । स्वास्थ्य कार्यालय कपिलवस्तुले तौलिहवामा एक कार्यक्रमको आयोजना गर्दै ५ वर्ष भन्दा कम उमेरका सवै वालवालिकालाई खोप अनिवार्य लगाउनु पर्ने वताईएको छ । जिल्लामा पहिलो चरणमा शिवराज नगरपालिका, कृष्णनगर नगरपालिका, महाराजगंज नगरपालिका, यसोधरा गाँउपालिकामा संचालन हुनेछ । फाल्गुन १५ गते देखी फाल्गुन २३ गते सम्म खोप केन्द्रमा गई खोप लगाउनु पर्ने छ । यस्तै गरी दोस्रो चरणमा फाल्गुन २० देखी फाल्गुन २८ सम्म विजयनगर गाँउपालिका, शुद्धोधन गाउपालिका र मायादेवी गाँउपालिकामा संचालन हुने छ । तेस्रो चरण अन्र्तगत फाल्गुन २८ देखी चैत्र ६ गते सम्म कपिलवस्तु नगरपालिका, वाणगंगा नगरपालिका र बुद्धभुमी नगरपालिकामा संचालन हुने जिल्ला स्वास्थ्य अधिकृत योगेन्द्र भगतले वताउनु भयो ।
कपिलवस्तु जिल्लामा जन्म देखी ५ वर्ष सम्मका ८९ हजार ५ सय २१ बाल बालिकालाई पोलियो र ९ महिना देखी ५ वर्ष सम्मका ७६ हजार १ सय २३ वालवालिकालाई दादुरा रुवेलाको खोप लगाउने तयारी गरीएको छ । जस्का लागी ७१२ खोप केन्द्र तोकिएको छ । सन २०१६ को सर्वे अनुसार देश भर २१ प्रतिशत वालवालिका पुरा खोपबाट वन्चित भएका छन । यसै गरी १ प्रतिशत वालवालिकाले कुनै पनी खोप नै नलगाएको तथ्यांक रहेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । जिल्लाका केही अभिभावक आफन्तजन भेटन भारत जादा वालवालिका लिएर धेरै दिन वस्दा केही वालवालिका खोपबाट छुटने गरेका छन ।