कपिलवस्तु, ७ फागुन/विजयनगर विजयनगर गाउँपालिकाको वडा नम्बर ५ मा मङलबार कृर्षी सम्बन्धी एक दिने तालिम सम्पन्न भएको छ । विजयनगर गाउँपालिका कृर्षि विकास शाखाको आयोजनामा तालिम सम्पन्न भएको हो । वडा नम्बर ५ को शिव माध्यामिक विद्यालय डालपुरमा सञ्चालित मौसमी तथा बेमौसमी तरकारी खेती तालिममा ५ नम्बर वडाका २८ जना कृषकको सहभागिता रहेको थियो । विजयनगर गाउँपालिका कृर्षि विकास शाखाले अहिले ७ ओटै वडामा तालिम सञ्चालन गरिरहेको छ ।
यस अघि वडा नम्बर १, २, ३ र ४ मा तालिम सम्पन्न भैसकेको छ । तालिमको प्रशिक्षण कृर्षि विकास शाखा प्रमुख मग्निराम चौधरी, नायब प्राविधिक सहाएक दिलिप कुमार बर्मा, प्राविधिक सहाएक प्रभुनाथ यादव र सञ्जय चौधरीले दिनुभएको थियो । त्यस्तै अाज वडा नम्बर ६ को बद्धौरमा तालिम सञ्चालन हुने भएको छ । मौसमी तथा बेमौसमी तरकारी खेती तालिम सम्पुर्ण वडामा गरिने र अन्तिममा मौरी पालन सम्बन्धी तालिम विजयनगर गाउँपालिकाको सभाहलमा गरिने प्राविधिक सहाएक तथा तालिमका प्रशिक्षक सञ्जय चौधरीले जानकारी दिनुभएको छ ।