• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi covid-19 प्युठान अखिल (क्रान्तिकारी)

रमुवादह मेलाको औपचारिक रुपमा उद्घघाटन


  •     / २०७६, ७ फाल्गुन बुधबार प्रकाशीत

  • Advertisement

    कपिलवस्तु , ७ फागुन कपिलवस्तुको शिवराज नगरपालिका ९ रमुवादहमा महाशिवरात्रीको अवसरमा रमुवादह मेलालाई आज औपचारिक रुपमा कार्यक्रमका प्रमुख अतिथी तथा वडाध्यक्ष चुर बहादुर खड्काले उद्घाटन गर्नु भएको छ । “समृद्धि र विकासका लागि ऐतिहासिक गढी तथा धार्मिक पर्यटकीय क्षेत्र शिवगढीको पहिचान, हाम्रो अभियान” भन्ने मूल नाराका साथ सञ्चालन भएको दोस्रो शिवगढी मेला तथा महाशिवरात्री पर्व विशेष साँस्कृतिक कार्यक्रम २०७६ शिवगढी पर्यटन विकास संस्थाको आयोजनामा सञ्चालन गरिएको छ । तीन दिन सम्म सञ्चालन हुने यो पर्यटन वर्ष ऐतिहासिक शिवगढी मन्दिरको प्रचार प्रसार गर्ने उद्धेश्यले रमुवादह मेलाको यस वर्ष पनि विगतका वर्ष जस्तै रमुवादहमा गरिने मेला बुधवार देखि सुरु भएकोे छ ।

    मेलाले मन्दिरको प्रचार प्रसार साथै शिवगढीलाई पर्यटकिय क्षेत्रको रुपमा विकास गर्न टेवा पुग्ने शिवगढी पर्यटन विकास सस्थाका अध्यक्ष माल बहादुर घर्तीले बताउनुभयो । शिवरात्रीको अवसरमा शिवगढीमा दर्शनार्थीहरुको उल्लेखनीय सहभागी हुने भएकोले त्यस क्षेत्रको सुरक्षा व्यवस्था, स्वयम् सेवक परिचालन, प्राथमिक उपचार र मन्दिर व्यवस्थापनमा विशेष ध्यान दिएको आयोजकले जनाएको छ । गाउँबाट करिब २ घण्टा पैदल हिडेर जानुपर्ने भएकोले मन्दिर पुग्न बाटोमा मर्मत, ठाउँ–ठाउँमा मन्दिरसम्म पुग्न संकेत चिन्ह पम्पलेट राखिएकोले श्रद्धालु, भक्तजनमा पुग्न सक्ने समेत आयोजले जानकारी दिएको छ । मेला फागुन ७ गते देखि ९ गतेसम्म लाग्ने छ ।

    कार्यक्रममा अधिकांश बोल्ने वक्ताहरुले ५ नंं. प्रदेश कै शिवगढी मन्दिर धरोहर भएकाले यस मन्दिरलाई प्रचारप्रसार, संरक्षण, सम्वद्र्धनको लागि अझै आवश्यक रहेको बताएका छन् । यसका लागि सम्बन्धित निकाय र सरोकारवालाहरुले समयमा ध्यान दिई पर्यटकीय स्थलको रुपमा विकास गर्दै जानुपर्ने कुरामा जोड दिएका थिए । कार्यक्रम विक्रम केसीको सञ्चालनमा सम्पन्न भएको थियो ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण
    जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा
    मतदाता नामावली संकलन म्याद ५ दिन थपियो
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.