• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi covid-19 प्युठान अखिल (क्रान्तिकारी)

परिवार होस त यस्तो : बाबु-छोरा पाइलट आमा एयरहोस्टेज


  •     / २०७६, १२ फाल्गुन सोमबार प्रकाशीत

  • Advertisement

    फागुन १२,२०७६ कोठाका भित्ताभरि दर्जन तस्बिर छन् । नेपालको राष्ट्रिय ध्वजावाहक नेपाल एयरलाइन्सका सुरुवाती दिनदेखिकै जहाजका तस्बिरहरूले उनको कार्यकक्षको शोभा बढाएको छ ।तस्बिरमा भएकामध्ये कतिपय जहाज अहिले ‘फेज आउट’ भइसकेका छन्, कति चाहिँ त्रिभुवन विमानस्थलमा ग्राउन्डेड अवस्थामा ‘घाम तापिरहेका’ छन् । उनको बाल्यकाल तिनै जहाज उडाउने पाइलट बन्ने सपनाका साथ बित्यो । जबकी अभिभावक चाहन्थे उनी डक्टर बनुन् । अभिभावकको इच्छा विपरित पाइलटका रूपमा उनले जहाज उडाउन थालेको पनि १२ वर्ष बितिसकेको छ । उनी अहिले नेपाल वायुसेवा निगमको पाइलट हुन् । यति मात्र होइन अपरेसन म्यानेजरका रूपमा निगमको नेतृत्व तहको जिम्मेवारी समेत सम्हाल्दै छन् । उनी हुन् दीपु जुहार्चन ।

    सुन्धारास्थित नेपाल वायुसेवा निगमको चौथो तल्लामा रहेको उनको कार्यालयका भित्तामा सजिएका जहाजका फोटोबारे उनले भने, ‘ यो कोठामा पुरै हिस्ट्री छ’ । जहाजको ‘हिस्ट्री’ उनको कार्यकक्षका तस्बिरमा छँदैछ । तर निगमसँगै उनको परिवारको ‘हिस्ट्री’ पनि जोडिन्छ । दीपुको परिवार निगमको सुरुआती दिनसँगै यो क्षेत्रमा जोडिन पुगेका हुन् ।बा र आमापछि अब दीपुले निगममा काम गर्न थालेको पनि जोड्ने हो भने आधा शताब्दी कट्छ । ६१ वर्ष पुगेको निगममा जुहार्चन परिवारको संलग्नता कूल मिलाएर ५६ वर्ष पुगिसक्यो । दीपुका बुबा क्याप्टेन यामप्रसाद जुहार्चनको २४ बर्ष, आमा सुमिली जुहार्चनको २० वर्ष र दीपुको १२ वर्ष गरी जुहार्चन परिवारले कूल ५६ वर्ष निगममार्फत् ‘राष्ट्रसेवा’ गरेको छ । तीनमध्ये बाबु यामप्रसाद र दीपु निगमका जहाज उडाउने क्याप्टेन हुन् भने आमा सुमिली एयर होस्टेस् ।मुस्ताङ सदरमुकाम जोमसोमबाट २ घण्टाको पैदल दुरीमा पर्छ एउटा सुन्दर बस्ती मार्फा ।

    त्यहाँबाट राजधानी पुगेर पढ्ने पहिलो व्यक्ति थिए, यामप्रसाद जुहार्चन । सिद्धार्थ वनस्थलीबाट एसएलसी गरेपछि यमप्रसाद पाइलट तालिमका लागि अमेरिका गए ।बाबुले पाइलट बन्ने बाटो रोज्नु पछाडिको कारणबारे दीपु अनभिज्ञ छन् । अहिले हवाई र सडकमार्गले जोडिए पनि त्यतिबेला पोखराबाट म्याग्दीको बेनी हुँदै ३–४ दिन हिँडेर मार्फा पुग्नुपथ्र्ये। त्यसैले पनि हवाइ यात्राबाट यो दुरी छोट्याउने बुवाको रहर होला जस्तो लाग्छ दीपुलाई । आमा सुमिली भने धरानकी हुन् । लामो समयदेखि हस्पिटालिटी क्षेत्रमा कार्यरत उनी पनि पछि एयर होस्टेस भएर नेपाल वायुसेवा निगममा प्रवेश गरिन् ।अर्थात यामप्रसाद निगममा पाइलट भए, सुमिली एयर होस्टेस भइन् । कहिले यामप्रसादले उडाएको जहाजमा सुमिली एयर होस्टेस हुन्थिन्, कहिले सुमिलीको ड्युटी परेको जहाज उडाउने पालो यामप्रसादको पर्थ्याे । मन न हो, एउटै संस्था (निगम) र उडानमा हुने लगातारको भेटले दुवैबीच प्रेम अङ्कुरायो । उनीहरू विवाह बन्धनमा बाँधिए । यामप्रसाद पाइलट हुँदा दीपु पोखरास्थित गण्डकी उच्च माध्यमिक विद्यालयमा पढ्थे । आमाबाबु दुबैको व्यस्तताका कारण उनलाई होस्टेल राखिएको थियो । स्कुले जीवनमा भए पनि रेडियो र टेलिभिजनमा उनको मोह धेरै नै थियो ।

    कहिलेकाहीँ विमान दुर्घटनाका समाचार आउँथे र दीपु डराउँथे । आफ्ना बाबु–आमा त्यो जहाजमा रहेनछन् भन्ने जानकारी पाएपछि उनी ढुक्क बन्थे। बाहिरबाट हेर्नेलाई लाग्ला, बाबु–आमा दुवै उड्ययन क्षेत्रमा भएपछि बालबच्चा बेलाबेला घुम्न पाइरहन्छन् । तर यामप्रसाद र सुमिली यति व्यस्त थिए कि, दीपुले परिवारसँग खासै घुम्न पाएनन् । यद्यपी, गर्मी र दशैँको विदामा भने उनी घुम्न जान्थे । काठमाडौँ–पोखराको उडान परेको र बिदा पनि भएका बेला यामप्रसाद दीपुलाई काठमाडौँ लिएर आउँथे । गर्मीको बिदाभरि दीपु काठमाडौँमा रहन्थे ।अनि, दशैँ बिदाका बेला बुबाले गर्ने पोखरा–जोमसोम उडानमार्फत् मार्फा फर्कन्थे ।कहिलेकाहीँ आमा सुमिली पनि ‘क्याबिन क्रु’ का रुपमा त्यही उडानमा हुन्थिन् । त्यही उडानमा ‘क्रु मेम्बर’ का रुपमा रहेका यामप्रसाद र सुमिलीका साथीहरुले दीपुलाई काखमा राख्थे । आमासँगै काम गरेका निगमका पुराना कर्मचारी भेट हुँदा बाल्यकालको ती यात्रा सम्झाइरहन्छन् । पढाईमा अब्बल भएर होला, बा–आमा उनलाई डाक्टर बनाउन चाहन्थे । त्यसबेला आर्थिक स्तर राम्रो भएकाहरू मात्र पाइलट पढ्छन् भन्ने सोच हावी थियो ।पढेलेखेका व्यक्तिको छनोटमा पाइलट तालिम खासै पर्दैनथ्यो ।

    उनी चाहिँ पाइलट नै बन्नुपर्छ भन्ने इच्छा पालेर बसेका थिए । त्यो पनि बाबुजस्तै अमेरिकामै तालिम लिएर पाइलट बन्छु भन्ने निश्चय उनले गरिसकेका थिए । जब उनले सन् २००५ को जुलाईमा प्लस टु को पढाइ सके, त्यसपछि उनी पाइलट कोर्स पुरा गर्न अमेरिका जाने योजना बनाउन थाले । छोराको इच्छा विपरित एमबिबिएस पढाउन आमाबाले पनि कर गरेनन् । एक्लो सन्तान उनको मन राख्दिनैप-यो । तर, त्यही बेला ओसामा विन लादेन नेतृत्वको ‘अलकायदा’ ले ११ सेप्टेम्बर ९२००१० मा अमेरिकाको आर्थिक राजधानीको रुपमा चिनिएको न्यूयोर्कका ट्वीनटावरमा दुई जहाज ठोक्काएर आक्रमण ग¥यो ।

    जसले गर्दा अमेरिकाले भिसा प्रक्रियामा कडाइ ग¥यो ।हतपति कसैको भिसा नलाग्ने समयमा पनि दीपुले आस मारेनन् । कसैगरी अमेरिका पुगिएन भने बा–आमाको इच्छा अनुसार मेडिकल साइन्स नै पढ्ने उनको इच्छा थियो । बिहानको समय उनी मेडिकल साइन्सका लागि ‘इन्ट्रान्स’ तयारी कक्षा लिन्थे भने दिउँसो सोह्रखुट्टेस्थित एउटा बालबच्चा हेरचार गर्ने गैरसरकारी संस्थामा काम गर्थे । उनको जिम्मेवारी थियो, संस्थामा रहेका बालबच्चालाई लुगा लगाइदिने, खाना खुवाइदिने, खेल खेलाउने । बच्चाहरुसँग त्यहीँ खाना खाएर उनी साँझ मात्र घर फर्कन्थे ।नया पत्रिका बाट

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण
    जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा
    मतदाता नामावली संकलन म्याद ५ दिन थपियो
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.