शिशिर के. सी.
प्युठान, फागुन १२
प्युठानमा स्वर्गद्धारी प्युठान चौथो महोत्सव चलिरहेको छ। महोत्सवको तेस्रो दिन अर्थात फागुन १० गते दर्शक हसाउन प्युठान आएका प्युठानी हास्य कलाकार बेगम नेपाली (भट्भटे माइला) दुखि हुदै आफ्नो कर्मथलो काठमाडौ फर्किएका छन् । फागुन १० गते प्रस्तुति दिएर फर्किएका भट्भटेले सामाजिक सञ्जाल फेसबुकमार्फत आफु आफ्नै गृह जिल्लामा महोत्सव आयोजकले दुखि बनाएको कुरा व्यक्त गरेका हुन् ।
उनले आफ्नै सामाजिक सञ्जाल फेसबुकमार्फत भनेका छन् “आफ्नै जिल्लाका कलाकारलाइ अलपत्र पारेर गर्न खोजेको के हो उद्योग वाणिज्य संघले धेरै दुखि बनायो मलाइ मात्र हो कि अरुलाइ पनि हो ……. सन्दर्भ स्वर्गद्धारी प्युठान महोत्सवको”। आफ्नो पोष्टमा जिज्ञासा राख्न आइपुगेका अन्य व्यक्ति जिज्ञासाको जवाफमा उनले भनेका छन् आफु अलपत्रसँगै अपमानसमेत भएको कुरा व्यक्त गरेका छन् । उनले लेखेका छन् “मेरो पिडा अलपत्र पार्यो विहान ४ बजे गाडिबाट झरे कहाँ बस्ने के गर्ने थाहा छैन आफैँ व्यवस्था गर्नूपर्ने रे महोत्मा लाने ल्याउने नि गरेन आफै हिड्दै गैयो कार्यक्रम सकेर १३ हजार दियो बाहिर कलाकारलाइ खुसि बनाएर पठायो मेरो कुनै टुङ्गो छैन पछि मेरो साथि बोम बहादुरले चकचके पुर्याइदिनु भो प्युठानका कलाकारको कुनै भ्यालु गरेनन् र मरि मरि दुख गरेर कार्यक्रम देखाएर लास्टमा मलाइ दिने पैसा कमिसन खाएर के गरेको यस्तो नि हुन्छ आफ्नो रेट माग्दा नि उल्टो अपमा भो” ।
उनको दुखेसो त्यहाँ मात्र सिमित रहेन उनको पोष्टलाइ आधार मानेर प्यूठानका विभिन्न व्यत्तित्वले महोत्सवप्रति विभिन्न प्रश्नसँगै जिज्ञासा राखेका छन् । सो पोष्टमा कमेन्ट गर्दै भट्भटेले कलाकार भित्राउने व्यक्तिलाइ आरोप समेत लगाएका छन् उनले भनेका छन् “महोत्सवमा कलाकारहरुको जिम्मा लिएर कमिसन घिच्ने २ जना KC2 दाजुहरुको छिट्टै छानबिन होस्” । यदि उनले लेखेको कुरा सत्य हो भने विचमा विचौलियाको काम गरि कमिसन खाने KC2 भनिने व्यक्तिलाइ छानविन गर्नु आवस्यक देख्रिन्छ ।
यसरी आफ्नै जिल्लाको राष्टिय स्तरका कलाकारबाट गरिएको आलोचनाले पक्कै पनि अन्य कलाकारमा राम्रो सन्देश जाने छैन यसप्रति सम्बन्धित निकायले ध्यान दिनु आवश्यक देखिन्छ ।
सामाजिक सञ्जालमा यस्तो लेख्छन् बेगम नेपाली भट्भटे माइला


बेगम नेपाली भट्भटे माइलाको फेसबुकबाट साभार







