• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi covid-19 प्युठान अखिल (क्रान्तिकारी)

हामीले दिनहु खानुपर्ने खानेकुराहरु


  •     / २०७६, १२ फाल्गुन सोमबार प्रकाशीत

  • Advertisement

    १२ फागुन २०७६-व्यस्त दिनचर्याका कारण कतिपय मानिस बजारका रेडिमेड खानेकुरा खाने गर्छन्। जंक फुड, फास्ट फुड लगायतले स्वास्थ्य बिगार्छन्। त्यसैले हरेक व्यक्तिले भरसक दिनहुँ पौष्टिक आहार खानुपर्छ।

    हरियो साग –हरियो सागमा भिटामिन, प्रोटिनलगायत तत्त्व प्रशस्त पाइन्छन्। सागले शरीरको रोग प्रतिरोधात्मक क्षमता पनि बढाउँछ। हरियो  -सागमा प्रचुर मात्रामा आइरन पाइन्छ। भिटामिन ‘ए’ र ‘बी’ पनि हुन्छन्। सागपातलाई राम्ररी पखाल्नुपर्छ। साग धेरै बेरसम्म पकाउनु हुन्न। बढी पकाउँदा त्यसमा विद्यमान भिटामिन नष्ट हुन्छन्।

    दूध-दूध क्याल्सियमको मुख्य स्रोत हो। यसबाहेक दूधमा प्रोटिन, म्याग्नेसियम, फस्फोरस, जिंक र भिटामिन ‘बी’ पनि पाइन्छन्। क्याल्सियमले हड्डी बलियो बनाउँछ। राति सुत्नुअघि दूध खाँदा मीठो निद्रा लाग्छ।

    फलफूल-हरेक दिन एक कचौरा फलफूल खाँदा शरीरलाई आवश्यक पर्ने भिटामिन र विभिन्न तत्त्व पाइन्छन्। नियमित फलफूल खानु स्वास्थ्यका लागि लाभदायी छ। फलफूलको साटो तिनको जुस पनि खान सकिन्छ।

    अण्डा-अण्डामा प्रचुर मात्रामा पौष्टिक तत्त्व हुन्छन्। अण्डा खाँदा शरीरले विभिन्न भिटामिन र प्रोटिन पाउँछ। गर्भवती महिलाका लागि अण्डा झनै लाभकारी हुन्छ।

    दाल-दालमा प्रोटिन अत्यधिक हुन्छ। फाइबर पनि उस्तै हुन्छ। प्रशस्त फाइबरले वजन कम गर्न मद्दत गर्छ। रहरको दाल मधुमेह, क्यान्सर, मुटुसम्बन्धी रोगीका लागि लाभदायी छ। साथै, यसले हड्डीसम्बन्धी समस्याबाट पनि छुटकारा दिलाउँछ। चना, मुसुरो, मुगको दालले विभिन्न रोगको जोखिमबाट बचाउँछ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भोलिदेखि बालबालिकालाई खोप लगाइने
    स्वास्थ्य बीमा आफैँ बिरामी
    भारतमा २४ घण्टामा तीन हजार १५७ जना कोरोनाका नयाँ सङ्क्रमित
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.