• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    बुटवल football खेलकुद cricket koche nepal.com power news covid-19 messi sports nepal sandeep

मौसम पूर्ण सुधार हुन अझै केही दिन लाग्ने


  •     / २०७६, १३ फाल्गुन मंगलवार प्रकाशीत

  • Advertisement
    Advertisement

    काठमाडौँ फागुन १३,२०७६ । पश्चिमी न्यून चापीय वायुको प्रभाव अझै दुई–तीन पर्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पश्चिमी न्यून चापीय प्रणालीको प्रकृति कमजोर रहे पनि तल्लो वायुमण्डलमा स्थानीय वायुको प्रभाव रहेकाले बदलीसँगै हल्का वर्षा भइरहेको मौसमविद् राजु प्रधानाङ्गले बताए । ‘अहिलेकोे प्रकृति हेर्दा अझै दुई–तीन दिन मौसम सुधार हुने अवस्था छैन’, मौसमविद् प्रधानाङ्गले भने ।उनका अनुसार प्रि–मनसुनको मौसमको पूर्वावस्था भएकाले पनि यस्तो गतिविधि तथा मौसम फेरबदल भइरहेको हो । हाल न्यून चापीय प्रणालीको प्रभावले पश्चिमी भूभागमा सामान्यदेखि पूर्ण बदली रही केही स्थानमा मेघ गर्जन चट्याङसहित हल्का वर्षा भइरहेको छ भने बाँकी स्थानमा आंशिकदेखि सामान्य बदली रहेको छ ।

    राति देशको मध्य तथा पूर्वी भूभागमा आंशिकदेखि सामान्य बदली रही पूर्वी तथा मध्य भेगका केही स्थान र पश्चिमका एक वा दुई स्थानमा मेघ गर्जन चट्याङसहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।भोलि देशभर आंशिकदेखि सामान्य बदली रही देशका केही स्थानमा मेघ गर्जन चट्याङसहित वर्षाको सम्भावना रहेको बताइएको छ । बिहीबार देशको पहाडी भेगमा आंशिकदेखि सामान्य बदली भई हल्का वर्षाको सम्भावना रहेको जनाएको छ । महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम छ दशमलव दुई र अधिकतम तापक्रम २३ दशमलव शून्य डिग्री रहेको छ । त्यस्तै आज जुम्लाको न्यूनतम तापक्रम सबैभन्दा कम माइनसमा झरेको छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    कोरियामा काम गरेर फर्किएकाका लागि पुनः भाषा परीक्षाको आवेदन
    फेसियल हाउसले गर्‍यो नयाँ बर्ष २०८० को क्यालेन्डर सावर्जनिक
    गौरीशंकर च्छोरोल्पा मिडिया प्रा.लिको तेश्रो वार्षिकोत्सव भव्यरुपमा सम्पन्न
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. अखिल क्रान्तिकारीका विद्यार्थी नेता खत्रीले गरे जन्मदिनमा रक्तदान

    • २. प्रदेशिनु रहर कि वाध्यता

    • ३. जिल्ला स्तरिय तेक्वान्डो प्रतिस्पर्धा संचालन

    • ४. लुम्बिनी कानूनी अनुसन्धान केन्द्र बुटवलको दोस्रो साधारण सभा सम्पन्न

    • ५. जनतासंग माओवादी अभियानको देशभर उद्घाटनः प्यूठानको माण्डवी र स्वर्गद्धारीमा सामाजिक काम गरियो

    धेरै पढिएको
    • १. अखिल क्रान्तिकारीका विद्यार्थी नेता खत्रीले गरे जन्मदिनमा रक्तदान

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    अध्यक्ष:शिशिर के.सी.

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    का.म.पा. २९ अनामनगर

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.