• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi covid-19 प्युठान अखिल (क्रान्तिकारी)

चर्चामा रहेकी ट्रम्पकी छोरी इवाङ्को आफ्नै पहिचान


  •     / २०७६, १३ फाल्गुन मंगलवार प्रकाशीत

  • Advertisement

    फागुन १३, २०७६ एजेन्सी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प आफ्नो पहिलो भारत भ्रमणको दौरानमा रहेका छन् । उनको भ्रमण दलमा छोरी इवाङ्का ट्रम्प पनि सहभागी छिन् । राष्ट्रपति ट्रम्पको भ्रमण दलकी सदस्य इवाङ्का अहिले विश्वभरका मिडियामा चर्चामा रहेकी छिन् ।निजी स्कुलमा अध्ययन गरेर आएकी इवाङ्का बहुमुखी प्रतिभाकी धनी छिन् । उनी मोडलिङ, टेलिभिजन प्रस्तोता, व्यापार, सामाजिक सेवा लगायतका क्षेत्रबाट आफ्नो छुट्टै पहिचान बनाएकी महिला हुन् । आउनुहोस् उनै ट्रम्प पुत्री इवाङ्काकाबारेमा केही कुरा जान्ने प्रयास गरौं ।

    बाल्यकालमा उनको नाम इवाङ्का थिएन
    डोनाल्ड ट्रम्पकी छोरीको नाम बाल्यकालमा इवाङ्का थिएन । बाल्यकालमा उनको नाम इवाना थियो । जुन नाम उनकी आमासँग जोडिएर राखिएको थियो । पछि उनको नाम इवाङ्का ट्रम्प बन्न पुग्यो । इवाङ्का डोनाल्ड ट्रम्पकी पहिलो पत्नी इवानाबाट जन्मिएकी दोश्रो सन्तान हुन् । इवाङ्काको जन्म सन् १९८१ अक्टोबर ३० मा न्युयोर्क शहरमा भएको थियो ।

    मोडलिङबाट टेलिभिजनमा प्रवेश, त्यसपछि व्यापारी
    इवाङ्काको शुरुवाती शिक्षा म्यानहट्टनस्थित प्राथमिक स्कुलबाट सुरु भएको थियो । त्यसपछि उनी निजी स्कुल(बोर्डिङ) मा भर्ना भएकी थिइन् । यहीँबाट उनको मोडलिङको यात्रा सुरु भएको थियो । त्यो यात्रासँगै उनले टेलिभिजन कार्यक्रमहरुमा आफ्नो प्रभाव जमाउन थालिन् ।विभिन्न रियालिटी सोहरुको जजको भूमिकामा रहने र टिभी सिरियलहरुमा समेत इवाङका देखिन थालिन् ।   त्यसपछि उनले व्यापारिक क्षेत्रबाटै आफ्नो पहिचान स्थापित गरेकी थिइन् ।

    जब इवाङकाले बदल्नुपर्यो आफ्नो धर्म
    इवाङ्काले जब विवाह गरिन्, त्यसपछि उनले आफ्नो धर्म बदल्नुपरेको थियो ।  डोनाल्ड ट्रम्पले त्यसबेला असन्तुष्टि पोख्दै प्रश्न गरेका थिए । मेरी छोरीले विवाह गर्नासाथ किन धर्म परिवर्तन गर्नु ? यो जरुरी किन पर्यो ? तर इवाङ्काले धर्म परिवर्तन गनुपर्यो नै । इवाङ्काका पति कुशनर यहुदी हुन् ।विवाहपछि इवाङ्का पनि इसाई धर्म छाडेर यहुदी भइन् । यी दुवैको विवाह सन् २००९ मा भएको थियो । इवाङ्का अहिले ३ बच्चाकी आमा हुन् । उनले यसअघि दक्षिण एसियाका भारत लगायतका देशहरुको भ्रमण गरिसकेकी छिन् ।

    अमेरिकामा व्यापारिक साम्राज्य खडा गरिन्
    इवाङ्काले सन् २००५ मा फेमेली विजनेश ज्वाइन गरेकी थिइन् । जहाँ उनलाई ट्रम्प अर्गनाइजेशनले विकास र अधिग्रहण विभाग हेर्नेगरी भाइस प्रसिडेन्टको जिम्मेवारी दिएको थियो । त्यसको केही वर्षपछि सन् २००७ सालमा उनले कम्पनीलाई डाइनेमिक डाइमन्डसँगको पाटनरसिपमा जोड्न सफल भएकी थिइन् ।त्यसपछि उनी सफल व्यापारी महिलाको उचाईमा पुगिन् । सन् २०१२ डिसेम्बरमा इवाङ्का छानिएर आउने सयजना महिलाहरुको नेतृत्व रहने हेज कोषको बोर्ड सदस्यमा चयन भएकी थिइन् ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण
    जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा
    धनुषामा गोली हानेर वडाध्यक्षको हत्या
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.