
काठमाडौं, फागुन १३; नेपाल अपाङ्ग संघमा विगत तीन महिनादेखि लगाइएको तालाबन्दी अझै खुल्न सकेको छैन ।अवैधानिक निर्वाचन खारेज गरी वैधानिक निर्वाचन गर्न,महासंघमा भएको भ्रष्टाचार र अनियमितताको छानविन गर्नु पर्ने लगायतका माग राखी तालाबन्दी गरिएको हो ।उच्च अदालत पाटनले अपांगता भएका व्यक्तिहरुको पक्षमा गरेको फैसलासमेत कार्यान्वयन गर्न माग गरिएको छ ।
संघर्ष समितिकी अध्यक्ष नरकुमारी कार्कीले अपाङ्गता भएका व्यक्तिहरुको लागि आएको रकममा ठूलो भ्रष्टाचार भएको दावी गरे ।खगेन्द्र नवजीवन केन्द्रमा बस्ने अपांगता भएका व्यक्तिहरुको उचित व्यवस्था नभएकाले सुत्ने र खाने प्रबन्ध गर्न पनि उनीहरुले माग गरेका छन् ।केन्द्रीय बोर्डमा ३३ प्रतिशत महिला सहभागिता सुनिश्चित गर्नुपर्ने, सीपमुलक तालिम सञ्चालन गर्नुपर्ने,नयाँ कार्यसमितिविरुद्ध अख्तियारमा मुद्धा विचाराधीन रहेकाले नियुक्ति रोक्नुपर्ने माग उनीहरुको छ ।