• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football खेलकुद बुटवल cricket koche nepal.com power news covid-19 messi sports nepal sandeep

स्वर्गद्वारी विमानस्थल बनाउन इआइए प्रतिवेदन स्वीकृत


  •     / २०७६, १३ फाल्गुन मंगलवार प्रकाशीत

  • Advertisement
    Advertisement
    Advertisement

    फागुन १३ लामो समयदेखि चर्चामा रहेको स्वर्गद्वारी विमानस्थल निर्माणका लागि वातावरणीय प्रभाव मूल्याङ्कनको प्रतिवेदन स्वीकृत भएको छ । सोमबार वन तथा वातावरण मन्त्रालयमा मूल्याङ्कन प्रतिवेदन स्वीकृत भएको हो । विसं २०७१ सालबाट प्रक्रिया अगाडि बढेको विमानस्थल निर्माणको काम विभिन्न समस्या र राजनीतिक खिचातानीले रोकिए पनि अब यसको काम अगाडि बढेको छ ।गत जेठ १५ गते बजेट भाषणमा स्वर्गद्वारी विमानस्थलको काम शुरु गरिने भनेअनुसार निर्माणको प्रक्रिया अगाडि बढेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का ५ नं प्रदेश सदस्य एवं युवा नेता विजयविराज विष्टले बताउनुभयो । “लामो समयसम्मको प्रयासमा प्रक्रिया अगाडि बढाइएको छ, विष्टले भन्नुभयो”, “अब निर्माण कार्य अगाडि बढ्छ ।”

    तस्बिर:डिपीआर) निर्माण गर्दै गर्दाको स्वर्गद्वारी नगरपालिका–८ बर्जिवाङमा पर्ने चाल्नेटारमा विमानस्थल बनाउनका लागि गत माघ १३ र १४ गते उक्त स्थानको सर्भेको भएको थियो । अत्याधुनिक प्रविधि ड्रोनमार्फत चाल्नेटार विमानस्थलको सर्भे गरिएको नागरिक उड्डयन मन्त्रालयका कन्सल्टेन्ट उत्सव गौतमले जानकारी दिनुभयो । उक्त स्थानमा वातावरणीय प्रभाव मूल्याङ्कन गरी नागरिक उड्डयन मन्त्रालयमा पेश भएपछि डिपिआरका लागि सर्भेको काम भएको थियो । केही महिनामा डिपिआर रिर्पोट तयार गरी निर्माणको काम शुरु हुनेछ ।

    धार्मिकस्थल स्वर्गद्वारी केन्द्रमा:-जिल्लाको मुख्य धार्मिकस्थल स्वर्गद्वारीलाई केन्द्रबिन्दु बनाई विमानस्थल बनाउन लागिएको स्वर्गद्वारी नगरपालिकाका नगरप्रमुख नेत्रबहादुर रोकायले जानकारी दिनुभयो । जिल्लासँगै छिमेकी जिल्ला रोल्पाका जनतालाई हवाइ यातायातको पहुँच पुग्ने उहाँले बताउनुभयो । चाल्नेटार विमानस्थलले स्वर्गद्वारीको पर्यटन प्रवद्र्धनमा ठूलो मद्दत गर्ने छ । “बजेट कति हो भनेर सरकारले तोकेको छैन”, नगरप्रमुख रोकाले भन्नुभयो ।

    विमानस्थल निर्माणपछि स्वर्गद्वारीमा स्वदेशी तथा विदेशी पर्यटक सहजरुपमा आउने उहाँले बताउनुभयो । यसभन्दा अघि नेपाल नागरिक उडड्यन प्राधिकरणको तर्फबाट परामर्शदाता संस्था प्याक्ट कन्सल्ट्यान्ट प्रालिमार्फत वातावरणीय प्रभाव मूल्याङ्कन अध्ययन गरी सार्वजनिक सुनुवाइ गरिसकेको उहाँले बताउनुभयो । विमानस्थलको चार वर्ष अघि फिल्ड सर्भे भएको थियो ।

    विमानस्थल निर्माणका लागि ६० दशमलव ७९ हेक्टर क्षेत्रफल आवश्यक पर्ने अध्ययनले देखाएको छ । आयोजना निर्माण गर्दा ५५ दशमलव १८ हेक्टर राष्ट्रिय वनअन्तर्गतको हरियाली सामुदायिक वनको जग्गा अधिग्रहण हुने देखिएको छ । आयोजनाको प्रस्तावित लागत रु ७७ करोड रहेको छ । आयोजनाले जिल्लालाई काठमाडौँ, भैरहवा, धनगढी, नेपालगञ्ज, पोखरा, भरतपुर, विराटनगरका साथै अन्य पहाडी जिल्लाहरुमा हवाइ सम्पर्कको सुविधा उपलब्ध गराउनेछ । (रासस)

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    निराकारको शव शुक्रबार राति नेपाल आइपुग्ने
    पोखरा विमान दुर्घटनाः शव काठमाडौँ पठाइँदै
    पोखरा विमान दुर्घटनाः शव आफन्तलाई जिम्मा लगाइँदै
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. नेपाल विश्वकप क्वालिफायरमा

    • २. कांग्रेस लुम्बिनी प्रदेश संसदीय दलको सचेतकमा निमा गिरी नियुक्त

    • ३. स्ववियु निर्वाचन : उत्साहजनक उम्मेदवारी दर्ता

    • ४. उपराष्ट्रपति पदका लागि चार जनाको उम्मेदवारी

    • ५. जाल्पा लघुबित्तका शाखा प्रमुख भण्डारीद्वारा जन्मदिनको अवसरमा शैक्षिक सामाग्री सहयोग

    धेरै पढिएको
    • १. नेपाल विश्वकप क्वालिफायरमा

    • २. कांग्रेस लुम्बिनी प्रदेश संसदीय दलको सचेतकमा निमा गिरी नियुक्त

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    अध्यक्ष:शिशिर के.सी.

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:टुआर क्षेत्री

    सम्पर्क

    का.म.पा. २९ अनामनगर

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.