फागुन १४ काठमाडौं , नेपाली सेनाका हिताधिकारीका लागि फूलबारी ब्यारेक पोखरामा बुधबारदेखि सञ्चालनमा आएको सैनिक अस्पताल । ५० शय्याको सो अस्पताल रु १६ करोडको लागतमा निर्माण सम्पन्न गरिएको हो ।अस्पतालको उद्घाटन प्रधानसेनापति पूर्णचन्द्र थापाले गरेका हुन् । उद्घाटनपश्चात प्रधानसेनापति थापा अस्पतालको निरिक्षण गरेका छन । त्यस्तै रघुगंगा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले वडा नं. १ बेगखोलाकोे चेन्डाँडा, सीमफाँट, भौसरा र चुतर्नीमा सडक निमार्ण गरेका छन् ।
गाउँपालिका अध्यक्ष भण्डारीले व्यक्तिगत लगानीमा सडक निर्माण गरेका हुन् । स्थानीयको अनुरोधमा गाउँपालिकाका अध्यक्ष भण्डारीले व्यक्तिगत लगानीमा विस्तार गरेको सडक १ कार्यक्रमकाबीच उद्घाटन गरिएको छ । गाउँको चेन्डाँडाबाट विस्तार गरिएको मोटर बाटो सिद्धनाथ, तल्लो लिला हुँदै चुतर्नी जोडिएको स्थानीय खिम फगामीले बताए ।अध्यक्ष भण्डारीले ५ लाख ९ हजारको लागतमा करिव साढे २ किलोमिटर सडक विस्तार गरेका हुन् । अध्यक्ष भण्डारीले भविश्यमा मर्मतको प्रतिबद्धतासमेत जनाएका छन् । उनले भने, ‘घर–घरमा सडक पुग्ने छ’ उनले थपे, ‘सडक विस्तारसँगै बेगखोला रिङरोडमा परिणत भएको छ ।
बेगखोलाका विभिन्न बस्तीबाट छिमेकी भगवती, बेगखोला हुँदै बेनी र पोखरेबगरतर्फ जाने सहज भएको छ भने १ बस्तीबाट अर्को बस्तीमा आवतजावतमा सहज भएको स्थानीयको भनाइ छ । साविकको बेगखोला गाविसको वडा नं ३ सीमफाटमा ६० घरधुरी, भौसरा र चुतर्नीका ४० घरधुरी लाभान्वित भएका छन् । सडक विस्तारको क्रममा महादेव मावि नजिकबाट निकासामा समस्या भएपछि गाउँखोलाको नजिक महादेव मावि जाने मोटरबाटो पसारे हुँदै भौसरा र चुतर्नी ओखलेमा टुगिंएको छ ।स्थानीय तहको निर्वाचनमा गाउँपालिका अध्यक्ष भण्डारीको प्रतिबद्धता अनुसार चेन्डाँडाबाट खोलिएको बाटोले बस्तीका बासिन्दालाई सहज भएको छ ।