फागुन १४ आफू पढेको विद्यालय, क्याम्पस मात्र होइन गाउँपालिकाले पनि उनीहरूलाई उज्ज्वल भविष्यको शुभकामनासहित बधाई दिइरहेका छन्।सम्मान पाउनेमा केसी मात्र होइन उनका सहपाठी ललित भण्डारी पनि छन्। गाउँकै विद्यालयबाट एसएलसी पास गरेका मध्यम वर्गीय परिवारमा जन्मेका उनीहरूले हालै पाइलट कोर्स पूरा गरेका हुन्।फिलिपिन्सबाट पाइलट कोर्स पूरा गरेर स्वदेश फर्केका उनीहरूलाई सम्मान थाप्न भ्याइनभ्याइ छ।
‘त्रिचन्द्र क्याम्पसमा बिएस्सी तेस्रो वर्ष पढिरहेको थिएँ। त्यहीबेला अबसर मिल्यो, पाइलट कोर्स गर्न फिलिपिन्सको रोयल फ्लाइट ट्रेनिङ एकेडेमीमा गइयो। उनले सानैदेखिको आफ्नो सपना साकार हुँदै गएको बताए।‘सानो हुँदा मलाई बाबु, तिमी ठूलो भएपछि के बन्ने भनेर मानिसहरूले सोध्थे,’ पुराना कुरा खोतल्दै उनले भने, ‘पाइलट बन्ने भन्थें। बुझ्ने भएपछि मात्रै थाहा पाएँ, मेरो परिवारले पाइलट पढाउन खर्च व्यहोर्न नसक्ने रहेछ। त्यसपछि मैले विज्ञान पढेँ।’केसीको पाइलट बन्ने सपनालाई आठबीसकोट नगरपालिकाले साकार बनाइदिएको छ।