एजेन्सी, १५ फागुन । ३२ हजार चार सयभन्दा बढि कोरोना भाइरस संक्रमित व्यक्तिहरू पूर्णरूपमा निको भएर घर फर्किएका छन् । चीनको सरकारी सञ्चारमाध्याम ग्लोबल टाइम्सकाे अनुसार बिहीबारसम्म ३२ हजार ४ सय ९५ जना पूर्णरुपमा निको भएर अस्पतालबाट घर फर्किएका छन् । चिनिय राष्ट्रिय स्वास्थ्य आयोगको दैनिक रिपाेर्ट अनुसार हिजाे (बुधबार) मात्रै २ हजार ७ सय ५० जना पूर्णरुपमा निको भएर घर फर्किएका छन् ।
डिस्चार्ज गरिएकालाई विदाई गर्दै अस्पताल, तस्वीर : ग्लोबल टाइम्स
हालसम्म कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या दुई हजार ७ सय ४४ पुगेको छ । ७८ हजार ४ सयभन्दा बढि कोरोना भाइरस सङ्क्रमित रहेको बताइएको छ । चीनभन्दा बाहिर पनि ५१ जनाकाे मृत्यु भइसकेकाे छ ।
चीनसहित २० देशमा यो भाइरसको संकेत देखिएका छन् । चीनपछि धैरै कोरोना भाइरस संक्रमण हुने मुलुक दक्षिण कोरिया रहेकाे छ । अहिलेसम्म दक्षिण कोरियामा १३ जनाको मृत्यु भएको छ भने ८ सय ९३ जनामा संक्रमण भएको पुष्टी भएको छ ।