
फागुन फागुन १५ । रूकुम पश्चिमको आठबीसकोट नगरपालिका वडा नम्बर १० का गोविन्द केसी हिजोआज सम्मान थाप्न व्यस्त छन्। आफू पढेको विद्यालय, क्याम्पस, मात्र होइन गाउँपालिकाले पनि, उनीहरूलाई उज्ज्वल, भविष्यको शुभकामना-सहित बधाई दिइरहेका छन्। सम्मान पाउनेमा केसी मात्र होइन उनका सहपाठी ललित भण्डारी पनि छन्। गाउँकै विद्यालयबाट एसएलसी पास गरेका मध्यम वर्गीय परिवारमा जन्मेका, उनीहरूले हालै पाइलट कोर्स पूरा गरेका हुन्। फिलिपिन्सबाट पाइलट कोर्स पूरा गरेर स्वदेश फर्केका उनीहरूलाई सम्मान थाप्न भ्याइनभ्याइ छ।
‘त्रिचन्द्र क्याम्पसमा बिएस्सी तेस्रो वर्ष पढिरहेको थिएँ। त्यहीबेला अबसर मिल्यो, पाइलट कोर्स गर्न फिलिपिन्सको रोयल फ्लाइट ट्रेनिङ एकेडेमीमा गइयो। १४ महिने कोर्स पूरा गरेर अहिले नेपाल फर्किसकेँ,’ २४ वर्षीय केसीले बुधबार भने। उनले सानैदेखिको आफ्नो सपना, साकार हुँदै गएको बताए। ‘सानो हुँदा मलाई बाबु, तिमी, ठूलो भएपछि के बन्ने भनेर, मानिसहरूले, सोध्थे,’ पुराना कुरा खोतल्दै उनले भने, ‘पाइलट बन्ने भन्थें। बुझ्ने भएपछि मात्रै थाहा पाएँ, मेरो परिवारले, पाइलट पढाउन खर्च व्यहोर्न नसक्ने रहेछ। त्यसपछि मैले विज्ञान पढेँ।’
केसीको पाइलट बन्ने सपनालाई आठबीसकोट नगरपालिकाले साकार बनाइदिएको छ। आर्थिक वर्ष २०७५/०७६ मा नगरपालिकाले नै पाइलट बन्न ऋण उपलब्ध, गराइ दिए पछि केसी आफ्ना, मित्र भण्डारीसँगै फिलिपिन्स, गएका हुन्। ‘नगरपालिकाले, ऋण नदिएको भए कहाँ सपना साकार, हुने थियो र,’ उनले भने, ‘नगरपालिकालाई, धन्यवाद छ।’ केसीसँग अहिले हातमा जहाज चलाउने सीप त छ तर लाइसेन्स निकालिसकेका छैनन्। काम हातमा आइसकेको छैन।